प्रहरीको नियन्त्रणमा रहेका रवि लामिछानेलाई चितवन लैजाँदै


काठमाडौँ। टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘न्युज २४ को कार्यालयबाट रबी लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई अपराध महाशाखा र चितवन प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई चितवन लगिदै छ ।’

रवि लामिछानेसँगै पक्राउ परेका सिधा कुरा जनतासँग टीमका अर्का व्यक्ति युवराज कँडेल ।

पत्रकार पुडासैनीले आत्महत्याअघि आफ्नो फोनमा एक भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियोमा पुडासैनीले लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

(Visited 33 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु