प्रकाश पौडेल/पुस्कर गुरागाई

मेचीनगर । झापा मेचीनगर–१४ का तेक्वान्दो खेलाडी बावुुलाल सुव्बा दक्षिण कोरियामा पदक जित्न सफल भएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुव्वाले पदक जित्न सफल भएका हुन् ।

अगष्ट १ तारिकदेखि ११ तारिकसम्म कोरियाको सिहान शहरमा भएको प्रतियोगितामा सुव्वाले व्याक किकमा दोस्रो र मास्टर पुम्सेमा तेस्रो स्थन हासिल भएका हुन् । ४२ देशका ३७ खेलाडीलाई पछि पार्दै सुव्वाले पदक जित्न सफल भएका हुन् ।

सोही प्रतियोगितामा मेचीनगर–१४ दुवागढीकी अस्मिता सुव्वाले पनि पदक जित्न सफल भएकी छन् । जुनियार पुम्से ३२ खेलाडीलाई पछि पार्दै तेस्रो स्थान हसिल गर्न सफल भएकी हुन् ।

को हुन बावुलाल ?

बि.स २०४८ साल बाट खेलकुद क्षेत्रमा प्रवेश गरेको सुब्बा अहिले करिब ५० जनाको गुरुबा बनिसकेका छन् । तेक्वान्दो खेल उनको सानै देखि रुचिको विषय थियो । यहीँ विषय अहिले आएर उनका लागि देश तथा विदेश सम्म पुग्न सक्ने माध्यम बन्यो । उनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।


उनी झापा जिल्ला खेलकुद विकास समितिको पूर्व जिल्ला सदस्य, क्षेत्र न २ को क्षेत्रीय अध्यक्ष, तेक्वान्दो सङ्घ दुवागढीको प्रमुख, एनेकपा माओवादी दुवागढी गाउँ कमिटीको पूर्व अध्यक्ष, नेपाल तेक्वान्दो सङ्घको झापा जिल्ला सदस्य, किराँत याक्थुङ्ग चुम्लुङ मेचीनगर १४ को अध्यक्ष लगायतका विभिन्न सामाजिक सङ्घ संस्थासँग उनी जोडिएका छन् ।

समाजसेवामा उनि जहिलेपनि एक कदम अगाडी छन् । विशेष गरि उनले खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, बंलादेश, भारत, भुटान जस्ता देशको भ्रमण गरी सकेका छन् ।
२०३६ सालमा साविक दुवागढी ८ मा बुबा वीरबहादुर र आमा धर्म कला सुब्बाको कोखबाट जन्मिएका सुव्वा यो गतिविधिले झापाली खेलजगतमा उल्लेख्य योगदान गरेको वताइदै आएको छ ।

सम्मानको ओइरो
दक्षिण कोरियामा सम्पन्न भएको आन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुव्वाले पदक जित्न सफल भएपछि सम्मान गर्नेको ओइरो लागेको छ । दक्षिण कोरियामै प्रवासी नेपालीले सम्मान गरेका थिए । दक्षिण कोरीयामा सक्रिय रहेका प्रवासी नेपालीका विभिन्न संघ सस्थाले सुव्वालाई सम्मान गरेका थिए । सम्मानित गर्ने संघसस्थाहरुमा झापाली समाज कोरिया, किरात याक्थुङ चुम्लुङ कोरिया, श्रेष्ठ समाज कोरिया, तामाङ समाज कोरिया, नुवाकोट समाज कोरिया, काठमाण्डौं समाज कोरिया, पाँचथर समाज कोरियालगायत रहेका छन् ।

उनले नेपाल र नेपालीको विश्वसामु चिनाउनका लागि गरेको योगदानको उच्च मुल्याकङ गर्दै सुव्वालाई सम्मान गरिएको हो । सुव्वालाई स्वदेशमा पनि सम्मान गर्ने क्रम जारि छ । उनलाई राजधानी काठमाण्डौंमा जिल्ला तेक्वान्दो संघ काठमाण्डौं र जिल्ला तेक्वादो संघ ललितपुरले सम्मान गरेको छ । सुव्वालाई गृहजिल्ला झापामा नि सम्मान गरिएको छ । जयपुर तेक्वान्दो डोजाङले वुधवार सम्मान गरेको थियो ।

(Visited 58 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *