पत्रकार रबि लामिछाने सहित ३ जनालाई पक्राउ गर्दै प्रहरी !

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने विरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुर स्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आत्महत्या गर्नु अघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन्।
र यो पनि पढ्नुहोस् : पत्रकार शालिकराम पुडासैनीको भिडियो बयानः ‘मेरो हत्यारा रवि लामिछाने हो’
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रवि सहित तीनजना विरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन्। पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्। ‘म यही विषयमा लागि रहेको छु ।
प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने,’अब पक्राउ गरी कावाही प्रकृया अघि बढाइन्छ। म त्यो प्रकृयामा लागिसकेको छु।’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ‘विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने,’किटाणी जाहेर आए पछि अब कारवाही प्रक्रिया अघि बढ्छ।’
शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक. . . .
रवि लामिछानेले मर्न बाध्य बनाएको भन्दै शालिकराम पुडासैनी मर्नुअघि रेकर्ड गरेको एक्सक्ल्युसिभ भिडियो प्राप्त भएको छ ।
पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे यथार्थ जानकारी शालिकमराम लाई छर्लङगै थाहा भएपछि लामिछानेले आत्महत्याका लागि बाध्य बनाएको उक्त भिडियोबाट थाहा पाउन सकिन्छ । नेपाल आजले सार्वजनिक गरेको भिडियो यस्तो छ ।
प्रतिकृया दिनुहोस्