प्रदेश २ मा (भोली) बिहीबार सार्वजनिक बिदा


जनकपुरधाम । प्रदेश २ सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ ।

हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु