ओली र प्रचण्डबीच बालुवाटारमै चर्काचर्की, प्रचण्डको चेतावनीले पूर्वएमालेमा खैलाबैला


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेटेका छन् । उनले आफूविरुद्ध पार्टीभित्रैको केही तत्वले समाजमा नकारात्मक भावना फैलाउन खोजेको अरोप लगाएका छन् ।

प्रधानमन्त्री ओली सिंगापुर भ्रमणमा रहेका बेला नेता ईश्वर पोखरेल निकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको भाषणलाई लिएर सामाजिक सञ्जाल फेसकुबमार्फत कडा टिप्पणी गरेका थिए । प्रचण्डको ‘लपेटो’ अभिव्यक्ति प्रति थापाको आपत्ति थियो । प्रचण्डले ओलीसँगको भेटेर पार्टीभित्र अनुशासनहीनता बढेको र समयमै नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

रक्षामन्त्रीसमेत स्थायी समिति सदस्य ईश्वर पोखरेलको डिजाइनमा थापाले आफ्ना विरुद्ध प्रचार गरेका प्रचण्डले दावी गरेको स्रोतले जानकारी दियो । जनयुद्ध र त्यसको नेतृत्वकर्ता आफूमाथि पार्टीको जिम्मेवार तहमै रहेका नेताबाट भ्रमपूर्ण प्रचार गरिनु आपत्तिजनक रहेको बताए ।

जवाफमा ओलीले पार्टी नेतृत्वविरुद्ध जथाभावी बोल्नेलाई कारबाही गर्ने भन्दै ईश्वर पोखरेललाई बोलाएर सम्झाउने बताएका छन् । प्रचण्डसँगको भेटलगत्तै ओलीले पोखरेललाई बोलाएर भेटेका छन् । त्यस क्रममा उनले सूर्य थापालाई सम्झाउन भनेका थिए ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु