आत्मनिर्भर बन्दै मेचीनगर नगरपालिका


१२ करोडबढी आम्दानी, ६०.४९ प्रतिशत प्रगति, बेरुजु घट्यो ।
अर्जुन कार्की
धुलाबारी । मेचीनगर नगरपालिकाले यसवर्ष लक्ष्य भन्दाबढी राजश्व सङ्कलन गरेको छ ।
यसवर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ सालमा नगरपालिकाले १२ करोड २६ लाख १८ हजार ६ सय २८ रुपैयाँ ८० पैसा बढी राजश्व सङ्कलन गरेको हो । गतवर्ष अर्थात आर्थिक वर्ष २०७४÷०७५ सालमा नगरपालिकाले ५ करोड ९४ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
गतवर्षको तुलनामा यसवर्ष ६ करोड ३२ लाख १५ हजार १ सय ७७ रुपैयाँ राजश्व बढी सङ्कलन गरेको मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख एवम् लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।
नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर कार्यपालिकाको आइतबार बसेको वैठकले आर्थिक वर्ष २०७५÷०७६ को समष्टिगत आय–व्यय संक्षीत प्रतिवेदन अनुमोदनसहित सार्वजनीकिकरण गर्ने निर्णय समेत गरेको उनले बताए ।
नगरपालिकाको खातामा मुल संक्षीत कोषको आयतर्फ १ अर्र्व ३४ करोड २१ लाख ८८ हजार ५ सय २० रुपैयाँ ८९ पैसा छ । जसको आन्तरिक आम्दानी २३ करोड ८१ लाख ५१ हजार १ सय ११ रुपैयाँ ३२ पैसा छ । त्यस्तै बाह्रय आम्दानीतर्फ १ अर्व १० करोड ४० लाख ३७ हजार ४ सय ९ रुपैयाँ ५७ पैसा रहेको लेखा अधिकृत कार्कीले बताए ।
नगरपालिकाको खाताको ट्रान्सफर खर्चतर्फ १ अर्व १३ करोड ४४ लाख २८ हजार ५ सय १५ रुपैयाँ ३६ पैसा रहेको कार्यालयले जनाएको छ । जस्को आन्तरिक खर्चतर्फ १२ करोड ९४ लाख ५ हजार ८ सय ७८ रुपैयाँ ८३ पैसा र बाह्रय खर्चतर्फ १ अर्व ५० लाख २२ हजार ६ सय ३६ रुपैयाँ ५० पैसा रहेको कार्कीले बताए ।
आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाको कुल खर्च १ अर्व २१ करोड ९४ लाख २० हजार ६ सय ६७ रुपैयाँ १९ पैसा भएको थियो । योमध्ये चालु बजेट खर्च ७२ करोड २१ लाख ५६ हजार ५६ रुपैयाँ ३६ पैसा छ । त्यस्तै पुँजीगत बजेट खर्चतर्फ ४९ करोड १७ लाख ८० हजार ८ सय ७४ रुपैयाँ ९२ पैसा र वित्तिय व्यवस्थापनतर्फ ५४ लाख ८३ हजार ७ सय ३५ रुपैयाँ ९० पैसा रहेको नगरपालिकाले जनाएको छ ।
चालु बजेटतर्फ खर्च ५९ दशमलव २२ प्रतिशत, पुँजीगततर्फ ४० दशमलव ३३ प्रतिशत र वित्तियतर्फ शुन्य दशमलव ४५ प्रतिशत रहेको छ ।
नगरपालिकाले आन्तरिक आम्दानीतर्फ ७ करोड ६४ लाख ५ हजार अनुमानित लक्ष्य राखेकोमा १२ करोड २३ लाख १८ हजार ६ सय २८ रुपैयाँ ८० पैसा आम्दानी गरेको सुचना अधिकारीसमेत रहेका लेखा अधिकृत कार्कीले जानकारी दिए ।
यसपटक नगरपालिकाले १ सय ६० दशमलव ४९ प्रतिशत अर्थात ६० दशमलव ४९ प्रतिशत प्रगति गरेको उनले दावी गरे ।
गतवषर््ा अर्थात २०७४÷०७५ सालमा आन्तरिकतर्फ आम्दानी ५ करोड ९४ लाख ३ हजार ४ सय ५१ रुपैयाँ गरेकोमा त्यसबेला १० करोड २१ लाख ३८ हजार ८० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
यसको तुलनामा यसवर्ष २ सय ६ दशमलव ४२ प्रतिशत प्रगति भएको नरपालिकाको तथ्याङ्कले देखाएको छ । यसवर्ष १ सय ६ दशमलव ४२ प्रतिशत अर्थात ६ करोड ३२ लाख १५ हजार १ सय ७७ रुपैयाँ राजश्व बढी सङ्कलन भएको तथ्याङ्कमा स्पष्ट उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷०७५ सालमा प्रशासनिक खर्चतर्फ ५८ प्रतिशत थियो भने यस आर्थिक वर्ष २०७५÷०७६ सालमा प्रशासनिक खर्च ९४ प्रतिशत पुग्नु नगरपालिका अब प्रगतिपथतर्फ बामे सरेको कार्कीको बुझाई छ ।
नगरपालिकाले प्रशासनिक खर्च धान्न सक्ने भएको छ । किनकी आन्तरिकतर्फ नगरपालिकाले ७६ लाख राजश्व सङ्कलन गरेको छ । जसमा नगरपालिकाले बहाल तथा पटा वापतको कर, सम्पत्ती कर, मालपोत, भुमि कर, घरबहाल कर, सवारी साधन कर, पुर्वाधार सेवाको उपयोग कर, विज्ञापन कर, व्यवसाय रजिस्टेशन दस्तुर, सरकारी सम्पत्तीको बहालबाट आय, अन्य सेवाशुल्क तथा बिक्रीबाट कर लिएको छ ।
त्यसैगरी अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ् शुल्क, नक्सा पास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवना तथा जफत, अन्य राजश्व (दह्रतर बह्रतर समेत), बेरुजु लगायतबाट राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
विगतमा नगरपालिकामा खर्च हुन नसकेर धेरै बजेट फ्रिज हुने गरेको थियो । तर, यसपटक धेरै खर्च गरेर नगरपालिकाले उदाहरणिय काम गरेको छ । जसको कुल बजेटको खर्च ७८ दशमलव ५६ प्रतिशत भएको छ ।
त्यसैगरी विगतमा धेरै बेरुजु निस्किएको नगरपालिकामा यसपटक केहि कम भएको तथ्याङ्कले देखाएको छ । यसअघि २०७३÷०७४ सालसम्मको १२ करोड ३६ लाख ७१ हजार रुपैयाँ बेरुजु थियो । तर यसपटक २०७५÷७६ सालमा ११ करोड ९ लाख ८४ हजार बेरुजु फस्र्छौट भएको कार्यालयले जनाएको छ । यसवर्ष ८९ दशमलव ७४ प्रतिशतले बेरुजु घटेको कार्कीले बताए ।
स्थापनाकालदेखि मेचीनगरपालिकाको आर्थिक प्रशासनको पाटो डमाढोल थियो । विगतदेखिनै नगरपालिका घाटामा गईरहेको थियो । प्रत्येक वर्ष नगरपालिकाको कोष लेखा नियन्त्रक कार्यालयको रिर्पोटमा आम्दानी कम खर्च बढी देखिन्छ ।
यो रोगले नगरपालिकालाई कहिले छोड्न सकेको थिएन । तर यसपटकदेखि नगरपालिका नाफामा जान थालेको सङ्केत गरेको छ । किनभने गतवर्षकै रिर्पोटले पनि त्यो स्पष्ट भएको देखाएको छ ।
गतवर्षमात्र ५ करोड आम्दानी र खर्चचाहिँ १० करोडले पनि यो पुष्टि गरेको छ कि नगरपालिका निरन्तर घाटामा थियो भन्ने देखिन्छ । यसपटक अर्थात यसवर्ष १२ करोड भन्दाबढी नाफा हुनु भनेको नगरपालिकाले विकास लगायत नगरबासीको मन जित्न सक्ने सङ्केत गर्न थालिसकेको आङ्कलन गर्न सकिन्छ ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु