भोली सार्वजनिक विदा ! शेयर गरेर सबैलाई जानकारी दिनुहोला


काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुको महान चाड ‘इद उल जोहा’ को अवसरमा दुई वटा प्रदेशले सार्वजनिक विदा दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री मा‍. लालवावु राउतले जारी गरेको शुभकामना ।

केन्द्र सरकारले विदाबारे कुनै निर्णय नगरेको अवस्थामा प्रदेश २ र प्रदेश ५ ले भने सोमबार सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भोलि विदा दिने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।

यसअघि मुस्लिमहरुकै अर्को महत्वपूर्ण पर्व इद उल फितरको दिन भने सरकारले सार्वजनिक विदा दिएको थियो ।

बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औं दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैं खाने धार्मिक चलन रहेको छ ।

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु