हत्तपत्त नटोक्ने र टोकेको १५ मिनेटमै मार्न सक्ने राजगोमन धरानमा फेला

उर्लाबारीः सुनसरीको धरानबाट विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा (राजगोमन) को उद्दार गरिएको छ ।
मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित सब वन डिभिजन कार्यालयका वन रक्षक प्रेम बिष्टले शनिबार सो सर्प उद्दार गरेका हुन् । उनले सर्पको उद्दार गरी वन कार्यालयमा ल्याएका छन् ।
धरान– २० को कालीखोला क्षेत्रमा किङ कोब्रा भेटिएको खबर प्राप्त हुनासाथ उद्दारका लागि बिष्ट त्यहाँ पुगेका थिए । विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्राको डसाईको औषधीसमेत नरहेको उनले जानकारी दिए । किङ कोब्राले हत्तपत्त नडस्ने र डसेको खण्डमा १५ मिनेटमै मानिसको मृत्यु हुने गरेको उनको भनाइ छ ।
किङ कोब्रा प्रदेश नं. १ मा पहिलो पटक भेटिएको उनले दाबी गरे । ‘यसअघि किङ कोब्रा प्रदेश नं. १ मा भेटिएको मलाई जानकारी छैन’ उनले भने, ‘यो एकदम विषालु हुन्छ ।’ सब वन डिभिजन कार्यालयमा सर्प देखाउँदै उनले प्रदेश नं. १ मा किङ कोब्राका विषयमा अध्ययन गर्ने बताए । ४ हजार भन्दा बढी सर्पको उद्दार गरिसकेका बिष्टले धरानबाट उद्दार गरिएको किङ कोब्रा करीब साढे दुई केजी र करीब ९ फिट लामो रहेको छ ।
प्रतिकृया दिनुहोस्