पूर्वी नाका सिसि क्यामेराको निगरानिमा


प्रकाश पौडेल/पुस्कर गुरागाई

झापाको काँकरभिट्टा क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको एक कार्यक्रमको बिच शुक्रबार उदघाटन गरिएको छ ।

पूर्वी नेपालमा रहेको प्रमुख द्धारको रुपमा रहेको व्यापारिक नगरी काँकरभिट्टा प्रमुख प्रवेश मार्गको रुपमा रहेको यस बजार क्षेत्रको निगरानी गर्ने उदेश्यका साथ सिसि क्यामेरा जडान गरिएको थियो ।

नेपाल सहित भारत भुटान ,बंलादेश लगायत अन्य देश संग जोडिएको यस नाकामा सिसि क्यामेराको निगरानीमा राखिएको हो । जडान गरिएका क्यामेराको शुक्रबार एक कार्यक्रमका बिच प्रद्ेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले उदघाटन गरेका हुन । उदघाटन समारोहमा बोल्दै ज्ञवालीले नागरिक र प्रहरी बिच आपसी सहकार्य भए मात्र मुलुकले शान्ति सुरक्षा महशुष गर्न पाउँने बताए ।

अहिँलेको आधुनिक प्रबिधि सँगै सिसि क्यामेराले मानिसलाई मात्र नभई प्रहरी र कमिलालाई समेत निगरानी गर्ने बताए । के सहि के गलत भन्ने कुरा क्यामेराले सबै प्रमाण देखाउँन सहयोग पुर्याउने उनको भनाई रहेको थियो ।

पर्यटन तथा यातायात व्यवस्थापन समितिको अगुवाईमा  तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहकार्यमा जडान गरिएका २३  वटा क्यामेरा कुल चौध लाख दुई हजार पाच सय तिरानब्बे रुपैयाको लागतमा सिसि क्यामेरा जडान गरिएको हो ।

जसमा मेचीनगर नगरपालिका बाट ५ लाख ८४ हजार ३ सय ४९ र स्थानीय जनसहभागिताबाट रकम संकलन गरि सिसि क्यामेराको जडान सम्पन्न गरि उदघाटन गरिएको हो ।

उदघाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य,मेची भन्सार कार्यालयका प्रमुख टेक वहादुर अर्याल,मेचीनगर वडा न ६ का वडाध्यक्ष ललित तामाङ्ग,नेपाल पत्रकार महासंग झापाका सचिव सन्तोष आचार्य,नेकपा मेचीनगरका नगर अध्यक्ष माधव अर्याल,नेपाली काग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी,राप्रपाका शशिल आचार्य,सुभद्रा अर्याल लगायलते बोलेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक गोबिन्द कुमार कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन निरकुमार कार्की नेत्रले गरेका थिए भने कार्यक्रमको सभापतित्व जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश राज मैनालीले गरेका थिए ।

पत्रकार सम्मानित

सिसि क्यामेरा उदघाटन कार्यक्रमका बिच एक संचारकर्मीलाई सम्मान समेत गरिएको छ । पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै पर्यटन तथा यातायात व्यवस्थापन समितिले झापाका युवा संचारकर्मी खगेन्द्र घिमिरेलाई सम्मान गरिएको हो ।

माउण्टेन टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरलाई शुक्रबार प्रद्ेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले खादा तथा दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

(Visited 47 times, 2 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु