स्वास्थ्य चौकी बनाउँदा ठेकेदारसँग मागियो घुस


बुधवारे । झापाको एक स्वास्थ्य चौकी बनाउने क्रममा ठेकेदारसँग घुस मागेको खुलासा भएको छ ।

झापाको बुद्धशान्ति–४ मा निर्माणधीन सामुदायिक स्वास्थ्य इकाई भवन बनाउने क्रममा घुस मागिएको हो । बुद्धशान्ति गाउँपालिकाको १५ लाख रुपैयाँ लागत र स्थानीय जनसहभागिताको १ लाख ३३ हजार १ सय २९ रुपैयाँ ६७ पैसा गरी कुल १६ लाख ३३ हजार १ सय २९ रुपैयाँ ६७ पैसामा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने गरीको सम्झौता भएको थियो । सोही सम्झौता अनुसार भवन निर्माणको काम पहिलो चरणको सकिएको छ ।

स्वास्थ्य चौकीको निमार्णाधिन भवन ।

स्वास्थ्य चौकीको निर्माण सकिएपछि ठेकेदारले अन्तिम किस्ता स्वरुप पाउने पैसा गाउँपालिकाले निकासा गरेपछि बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक दिपक सापकोटाले २० प्रतिशत कमिसन मागेका थिए । सापकोटाले आफूभन्दा माथिल्लो निकायसम्म रकम बुझाउनु पर्ने भन्दै ठेकेदारलाई पटक–पटक दवाब दिएका दिए । दबाव झेल्न नसकेपछि ठेकेदार (समितिका कोषाध्यक्ष) कुलमान गुरुङले निर्माण समितिका अध्यक्ष गोपीकृष्ण दाहालमार्फत ५० हजार रुपैयाँ सापकोटालाई बुझाएको दाबी गरिएको छ ।

घुस माग्ने स्वास्थ शाखाका सहसंयोजक दिपक सापकोटा ।

सापकोटाले ५० हजार रुपैयाँ बुझे पनि ठेकेदारलाई पटक–पटक २० प्रतिशत मार्फतको अन्य रकम दिनका लागि दबाव दिन छाडेनन् । ‘तपाई २० प्रतिशत रकम नदिए मेरो जागिर जान्छ । तलदेखिमाथि सम्म सबैलाई मिलाउनुपर्छ भन्दै मलाई बारम्वर सापकोटाले धम्की दिए,’ ठेकेदार गुरुङले भने, ‘आफ्नै गाउँठाउँको काम सम्झेर मैले पनि राम्रोसँग काम गरेँ । त्यति धेरै पैसा मैले कहँबाट ल्याउनु ?’

उनले पार्टीका मान्छेसँग यो विषयमा कुरा राखेका थिए । एक कान दुई कान गर्दै हल्ला फैलियो । पछि कुरा बाहिर नल्याउने सर्तमा साउन ९ गते विहीवार वर्नेस्थित कालिखोला चोकमा बेलुकीपख सापकोटाले ठेकेदार गुरुङलाई घुस वापतको ५० हजार रकम फिर्ता दिएका थिए ।

उपभोक्ता समितिकी उपाध्यक्ष ज्ञानु थापाले यो विषयमा आफूले बाहिरबाट हल्ला सुनेको तर आधिकारीक जानकारी भने थाहा नभएको बताइन् । ‘समितिमा यो विषयमा कुनै सल्लाह गरिएको छैन,’ उनले भनिन्, ‘अध्यक्षसँग कुनै सल्लाह हुन पाएको छैन । मिटिङ राखौँभन्दा अध्यक्षज्यूले मिति सारेको साह्रै हुनुहुन्छ ।’

बुद्धशान्ति गाउँपालिक स्वास्थ्य शाखाका सहसंयोजक सापकोटाले यो विषयमा कुरो मिलिसेको भन्दै पन्छिने प्रयास गरेका छन् । घुस लिएको विषयमा सम्बन्धित व्यक्तिहरुसँग गरिएको कुराकानी तथा आरोपको प्रमाण हामीसँग सुरक्षित छ ।

(Visited 83 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु