धुलाबारी । सम्भवत प्रदेश १ मै पहिलोपटक बोट रेस’ प्रतियोगिता मेचीनगरमा आयोजना गरिने भएको छ । जेसीजले सामाजिक कार्यक्रम अन्तर्गत रहेर पहिलो पटक भिन्नखालको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

धुलाबारी जेसीजको आयोजनामा आगामी साउन १८ गते शनिबारका दिन मेचीनगर– ११ स्थित कालिका सिमसार क्षेत्रमा बोट रेस प्रतियोगिता आयोजना गरिएको धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेलले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी दिन बिहीवार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका अध्यक्ष पोखरेलले झापाका १४ वटा जेसीज शाखाको सहभागितामा बोट रेस प्रतियोगिता आयोजना हुने बताए । उनका अनुसार नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन मेचीनगर क्षेत्रका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसारका लागि बोट रेस प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताका लागि प्रत्येक जेसीज शाखाबाट ४ जनाले बोट चलाउने छन् र समान दुरी पूरा गर्न उनीहरुले खर्चेको समयका आधारमा बिजेता छनौट गरिने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजिव प्रसाईले बताए । प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिने धुलाबारी जेसीजका कोषाध्यक्ष सागर खनालले पत्रकार सम्मेलनमा बताए ।

(Visited 33 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *