मिनि माउण्टेनमा बुद्धको मूर्ती राख्न ३२ हजार सहयोग

बाहुनडाँगी । खोजमुलक युवा पत्रकारिता पुरस्कारबाट झापाका दुई पत्रकार पुरस्कृत भएका छन् । पुरस्कारबाट खबरमञ्च साप्ताहिक / इमेची डटकमका सम्पादक/संचालक प्रकाश पौडेल र अनुशन्धान मिडियाका सम्पादक खगेन्द्र घिमिरे पुरस्कृत भएका हुन् ।

बुधबार मिनि माउण्टेन पर्यटकीय क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच मेचीनगर कार्यपालिका सदस्य टिका मंग्रान्ती र वरिष्ठ प्रशासकिय अधिकृत अन्नत प्रकाश ओस्तीले नगद पुरस्कार सहित पत्रकारद्वयलाई सम्मानित गरेका हुन् ।

मिनि माउण्टेन पर्यटन विकास संस्था मेचीनगर–३ र बाहुनडाँगी समाज दुबईको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

मिनि माउण्टेनमा बुद्धको मूर्ती बनाउनको लागि मेचीनगर–३ निवासी हाल रोजगारको शिलशिलामा दुबई रहेका गोपी रिजालले सोह्र हजार पाँच रुपैँया मेचीनगर–३ भावना चोकका चेतन नेपालले छ हजार एक सय रुपैँया र बाहुनडाँगी समाज दुबई बाट दश हजार चार सय रुपैँया सहयोग गरेका छन् । सहयोग रकम कार्यपालिका सदस्य मंग्रान्ती ले संस्थालाई हस्तान्तरण गरेका छन् ।

जन्म दिनको अवसरमा रिजालले खोज मूलक पत्रकारिताको लागि पठाएको चार हजार दश रुपैँया बाट पत्रकारलाई पुरस्कृत गरिएको हो । रिजालले प्रत्येक वर्ष जन्मदिनको अवसरमा खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई खोजमुलक युवा पत्रकार बाट सम्मान गर्ने बताएका छन् । रकम हस्तान्तरण कार्यक्रममा रिजालकी श्रीमती सासा रिजालको पनि उपस्थिति रहेको थियो । संस्थाको अध्यक्ष शुक्रबहादुर तावाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

(Visited 75 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *