अपडेट: आगलागीमा जुत्ता पसल सखाप, एक घण्टापछि नियन्त्रणमा


विर्तामोड बिर्तामोडको हनूमान सेन्ट्रलमा शनिवार सॉझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी लगभग एक घण्टापछि नियन्त्रणमा आएको हो ।

प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी नियन्त्रणमा लिएको हो । आगजनीबाट जुत्ता पसल पुर्णरुपमा क्षति भएको र मोवाइल पसलमा आंशिक क्षति भएको बिर्तामोड प्रहरीका डिएसपी मोहन थापाले जानकारी दिए ।
प्रहरी, स्थानीयवासी र दमकलको सक्रियताका कारण आगो अन्यस्थानमा फैलिन नपाएको उनले बताए । आगजनी नियन्त्रण गर्ने क्रममा अन्य पसलमा पनि क्षति पुगेको बताइएको छ । बिद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् । समयमा नै आगो नियन्त्रणमा आउन नसकेको भए ठूलो क्षति हुने थियो । १ घन्टा लागेको आगोले भुइतला बाहेक अन्य तलाहरुमा खासै ठूलो क्षति पुर्‍याएको छैन ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु