विर्तामोडको हनुमान सेन्ट्रलमा भिषण आगाली, बिर्तामोडको आकाश धुवाँले भरियो


झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ ७ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ८ बजेसम्म आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो । विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल पछि अहिले मेचीनगरको दमकल पनि आइसकेको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा लागेको आगो निभाउन सकस देखिइरहेको छ ।

मलका व्यापारीका अनुसार विधुत सर्ट भई आगो लागेको हो । तल्लो तलामा रहेको जुत्ता पसलबाट आगलागी शुरु भएको बुझिएको छ ।
आगो निभाउन स्थानीय सहित सुरक्षाकर्मी खटिरहेका छन् । आगलागीका कारण बिर्तामोड बजार क्षेत्र धुँवामय भएको छ ।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उहाँले बताउनुभयो । आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ ।

विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा लागेको आगो निभाउने प्रयास जारी छ । धुँवाको मुस्लोका कारण बारुण यन्त्रका कर्मचारी भित्र छिर्न सकिरहेका छैनन् ।

हेर्नुहोस आगलागीका केही तस्विरहरु

(Visited 43 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु