खेलकुद क्षेत्रमा उदाँउदो तारा बावुलाल सुव्वा

झापा । मेचीनगर झापाका बाबुलाल सुब्बा खेलकुद क्षेत्रमा परिचित नाम हो । निरन्तर २८ वर्षदेखि उनि खेलकुद क्षेत्रमा सक्रिय छन् ।
बि.स २०४८ साल बाट खेलकुद क्षेत्रमा प्रवेश गरेको सुब्बा अहिले करिब ५० जनाको गुरुबा बनिसकेका छन् । तेक्वान्दो खेल उनको सानै देखि रुचिको विषय थियो । यहीँ विषय अहिले आएर उनका लागि देश तथा विदेश सम्म पुग्न सक्ने माध्यम बन्यो । उनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।
उनी झापा जिल्ला खेलकुद विकास समितिको पूर्व जिल्ला सदस्य, क्षेत्र न २ को क्षेत्रीय अध्यक्ष, तेक्वान्दो सङ्घ दुवागढीको प्रमुख, एनेकपा माओवादी दुवागढी गाउँ कमिटीको पूर्व अध्यक्ष, नेपाल तेक्वान्दो सङ्घको झापा जिल्ला सदस्य, किराँत याक्थुङ्ग चुम्लुङ मेचीनगर १४ को अध्यक्ष लगायतका विभिन्न सामाजिक सङ्घ संस्थासँग उनी जोडिएका छन् ।
समाजसेवामा उनि जहिलेपनि एक कदम अगाडी छन् । विशेष गरि उनले खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले सिङ्गापुर ,मलेसिया, बंलादेश, भारत, भुटान जस्ता देशको भ्रमण गरी सकेका छन् । उनी यहीँ जुलाई ३१ तारिदेखी अगस्ट १० तारिकसम्म पुम्से सेमिनारमा सहभागी हुन कोरिया जादै छन् । सेमिनारमा विश्व भरीका तेक्वान्दो खेलाडीहरूले सहभागिता रहने छ । सो प्रगियोगितामा नेपालवाट १७ जनको टोली सहभागी रहनेछ । मेचीनगरवाट उनिसहित अस्मिता सुव्वाको पनि सहभागिता रहने छ ।
कोरियामा सिकेको सिपलाई प्रयोग गरि नेपालमा दक्ष खेलाडी उत्पादन गर्ने उनको लक्ष्य रहेको छन् ।
२०३६ सालमा साविक दुवागढी ८ मा बुबा वीरबहादुर र आमा धर्म कला सुब्बाको कोखबाट जन्मिएका सुव्वा यो गतिविधिले झापाली खेलजगतमा उल्लेख्य योगदान गरेको वताइदै आएको छ ।
प्रतिकृया दिनुहोस्