निर्दयी छोरो जसले आफ्नै आमाको चौथो तल्लाबाट धकेल्यो (भिडियोसहित)

नयाँ दिल्ली : भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर ह*या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धकेलेको भिडियो इन्डिया टुडे टेलिभिजनले सार्वजनिक गरेको हो।
सिसिटिभी फुटेजमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ। सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन्।
उ कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्मा ह*या गरेको कुरा सुनाउँछन्। उनले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन्।
सुरुमा राजकोट प्रहरीले पनि आत्मह*या गरेको पुष्टि गर्यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्रममा ती ६४ वर्षीया महिलाको ह*या भएको बताए। प्रहरीले भने, ‘महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहिने रहेछ।’ महिलाको ह*या भएको दिनको फुटेज हेर्दा उनले आत्मह*या नभई छोराले छतबाट खसालेको प्रहरीले जानकारी दिए।
आमाको ह*याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।यस घटनाबारे थप अनुसन्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ।
हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस्