मेचीनगरको बजेट १ अर्ब ४२ करोड बढी, पूर्वाधार विकास प्राथमिकतामा


झुलन रेग्मी
मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६—०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । देशकै ठूलो र झापाकै सबैभन्दा बढी बजेट विनियोजन गर्दै आएको मेचीनगरले चालू आर्थिक वर्षमा वडाका आधारभूत आवश्यकताहरुलाई बजेटमार्फत तथा नगरका आयोजनाहरु नगरस्तरीय बजेटमार्फत सम्बोधन गर्ने गरी बजेट सार्वजनिक गरिएको हो ।

मेचीनगर प्रमुख विमल आचार्यले आज पत्रकार सम्मेलन गरेर बजेट सार्वजनिक गर्नु भएको हो । उहाँले नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र बसी सञ्चालन गर्ने बताउनुभयो ।

मेचीनगरले चालू आवका लागि स्वीकृति गरेको बजेट अन्तर्गत आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम १७ करोड ९७ लाख, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८९ लाख २३ हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटको रकम २ करोड १९ लाख ९७ हजार रहेको छ ।

यस्तैगरी, आयतर्फ मालपोत रजिष्टे«सनबाट ३ करोड, आन्तरिक आय १० करोड ५८ लाख ४० हजार, सामाजिक सुरक्षा अनुदान ४० करोड, समपूरक अनुदान ३ करोड, विशेष अनुदान २ करोड, नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रम सशर्त अनुदान ३२ करोड २३ लाख, सडक बोर्ड नेपालबाट प्राप्त अनुदान ५५ लाख, सामी परियोजना सञ्चालनका लागि अनुदान १६ लाख, जिल्ला समन्वय समिति झापाबाट क्रमागत योजना अनुदान २८ लाख ५० हजार र अल्या रकम ४ करोड ८२ लाख, ५० हजार रुपैयाँ गरेर जम्मा १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ आयतर्फ रहेको छ ।

मेचीनगरले चालु आवमा केही नयाँ थप कार्यक्रमका साथ योजनाहरुमा खर्च गर्नेगरी बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित गरेको विषयगत शीर्षक अन्तर्गत पूर्वाधार विकासमा नगर र वडा गरेर २३ करोड १९ लाख ५५ हजार, सामाजिक विकासमा ६ करोड ४२ लाख ४२ हजार, स्रोत परिचालन, आर्थिक विकासमा २ करोड ७५ लाख ६५ कजार रुपैयाँ रहेको छ ।

यस्तै, सिँचाईमा १ करोड २७ लाख, ५ हजार, कृषि तथा पशुपालन १ करोड, २० लाख, बन, वातावरणतथा विपद्मा १ करोड ९९ लाख, ३७ हजार, सार्वजनिक सेवा, क्षमता विकासमा २ करोड, ३१ लाख, शिक्षामा २ करोड ११ लाख ७५ हजार, स्वास्थ्यमा ३७ लाख, ३० हजार र खानेपानीमा ८३ लाख रुपैयाँ खर्च गर्नेगरी कार्यक्रमहरु अगाडि बढाइएको छ ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेची डाँडाका ३९ घर परिवारलाई राहत रकमस्वरुप १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । उहाँले करको दायरालाई अझ फराकिलो बनाउँदै व्यवहारिक र वैज्ञानिक तरिकाले अघि बढाउने तयारी नगरपालिकाले गरेको जानकारी समेत दिनुभयो ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु