मकै अनुदानमा उपप्रमुखले गल्ती स्वीकार्दै भनिन्– सबै योजनाका विस्तृत अध्ययन गर्न सकिने अवस्था छैन


मेचीनगर । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को अवलोकन फितलो भएको स्वीकारेकी छिन् । बुधबार मेचीनगरको बजेट सार्वजनिक कार्यक्रममा पत्रकार संग कुराकानी गर्दै उनले नगरमा योजनाहरु अत्याधिक भएका कारण अवलोकन सन्तोषजनक नभएको स्वीकारेकि हुन ।

चक्लाबन्दी प्रोत्साहन कार्यक्रम अवलोकन आप्mनो नेतृत्वमा भएको भए पनि स्थलगत अवलोकनमा आफु नगएको उनले स्वीकार गरिन । प्रमुख प्रसाशकीय अधिकृतको प्रतिवेदनमा आफुले हस्ताक्षर गरेको उनले बताइन् ।

‘नगरमा योजनाहरुको चाङ लागेको छ । सबै योजनाका् विस्तृत अध्ययन गर्न सकिने अवस्था छैन ।’ उनले भनिन अब देखि अवलोकन लाई ध्यानमा दिएर अगाडि बढ्ने छौँ । प्रोत्साहन कार्यक्रम लाई खासै अवलोकन गर्नुपर्छ भन्ने छैन अन्य योजनाहरुमा सुधार गरिनेछ ।

मेचीनगर–४ बाहुनडाँगीमा ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकम दुरुपयोग भएको भन्ने समाचार प्रति आफ्नो ध्यानाकार्षण भएको र अब सुधार गरिने उनले वताइन् ।

बाहुनडाँगी कृषि तथा पशुपालन प्रालि मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले गत आर्थिक वर्षमा दिएको थियो । प्रालिका सञ्चालक केशव सुवेदीले नगरपालिकासँग सम्झौता भएअनुसार खेती नगरिएको समाचार प्रकाशित भइसकेको छ । सुवेदीले रकम बुझ्नुअघि पेस गरेका प्रायः सबै कागजात फर्जी देखिएका छन् ।

मकै अनुदानमा उपप्रमुखले गल्ती स्वीकार्दै भनिन्– सबै योजनाका विस्तृत अध्ययन गर्न सकिने अवस्था छैनhttps://emechi.com/archives/1361/07/54/

Gepostet von Prakash Paudel am Mittwoch, 24. Juli 2019

(Visited 2 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु