झापामा १६ वर्षीया किशोरी भइन सामूहिक बलात्कारको शिकार


झापा । झापाको शिवसताक्षी नगरपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ बस्ने १९ वर्षीय श्याम भट्टराईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई भट्टराई समेत ३ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । साथै फरार २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तैमकवानपुर, थाहा नगरपालिका बस्ने ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-६ पालुङ डेरा गरी बस्ने बारा कलैया घर भएका २० वर्षीय नरेश दास शर्मालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता गुल्मी, सत्यवती गाउँपालिका-४ भिरकुनामा अविरल बर्षाको कारण मंगलबार बिहान ४ वटा घर पहिरोले बगाउँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीया पम्फा बिक, १२ वर्षीया अंजली बिक, २५ वर्षीया मंगली भन्ने निर्मला विक, १० वर्षीया हेमन्त बिक, सिमनी बिक र छली बिक रहेका छन् । साथै पहिरोमा पुरिएर ३ वर्षीय सुमन विक लगायत २ जना हाल वेपत्ता भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी गुल्मी, सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेक बस्ने लेख बहादुर तरामुको कच्ची घरमा पहिरो आई मंगलबार बिहान घर भत्कँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालयहरु जोहाङ तथा रिडी र जिल्ला प्रहरी कार्यालयबाट उद्धार सामाग्री सहित खटी गएको टोलीले उद्धार गर्ने क्रममा लेखबहादुरकी श्रीमती ३४ वर्षीया तिला तरामु र उनको ९ वर्षीय छोरा दर्शन तरामुको शव फेला पारेको हो । साथै उनका छोरीहरु १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामुलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु