मध्यरातमा सुस्मा कार्कीलाई सनक चढेपछि…


नायिका सुस्मा कार्कीले सोमबार आफ्नो फेसबुकबाट बोल्ड तस्बिर सार्वजनिक गरिन् । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न खाले गसिप बन्न थाल्यो ।

उनको विकिनीको तस्बिर पहिलो पटक मिडियामा छाएको भने होइन । तर सोमबार सामाजिक सञ्जालमा आफुले पोस्ट गरेको तस्बिर एकाएक चर्चामा आउने थालेपछि सुस्मालाई सकस भएछ क्यारे । मध्यरातमा उनले फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोस्ट गरिन् ।

सोमबार राती ११ बजेतिर सुस्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला । काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।’

 

सुस्माले भने जस्तै कुर्था लगाएर स्विमिङ खेल्न सोभा नदेला । तर पैसा कमाउन फोटो तानेर समाचार बनाउँछन् भन्ने आरोपको खण्डन भैरहेको छ । अझ भिकारी भनी उनले गरेको सम्बोधनले उनको वैचारिक स्तर झल्काउने धेरैको टिप्पणी छ । केही दिन अगाडी मात्रै आफ्नो फोटोलाई नकारात्मक टिप्पणी गर्नेलाई अर्की नायिका साम्राज्ञी शाहले कुकुरका संज्ञा दिएकी थिइन् ।

उसो त सुस्मा कार्की आफै विभिन्न स्क्याण्डलमा परि रहिन्छन् । आफैं मरेको स्टाटस लेख्न लगाएर केही साल अगाडी सुस्माले धेरैले शशंकित बनाएकी थिइन् भने सलमान खानसँग खिचेको फोटो फेसबुकमा राखेर उनी चर्चामा आएकी थिइन् ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु