ह्वात्तै बढ्यो मासुको मूल्य, किलोमा कति पुग्यो ?


काठमाडौंं । हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्। पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन्।

नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अपडेट : गुल्मी ठूलो क्षति, ६ जनाको मृत्यु, ६ भन्दा बढी बेपत्ता

गुल्मी । सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना भन्दा बढी बेपत्ता भएको खुल्न आएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा पहिरो कारण घर पुरीँदा ६ जनको मृत्यु भएको र ६ जना भन्दा बढी बेपत्ता भएका हुन् ।

पहिरोमा परी मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीय तिलकुमार त्रामु, उनका ९ वर्षका छोरा दर्शन त्रामु रहेका छन् । त्यस्तै, वडा नम्बर ४ लिंघाका ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विकको पनि पहिरोले ज्यान लिएको छ । त्यसैगरी मृत्यु भएका बाँकी दुई जनाको अझै सनाखत हुन नसकेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बताए । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु