अपडेट : गुल्मी ठूलो क्षति, ६ जनाको मृत्यु, ६ भन्दा बढी बेपत्ता


गुल्मी । सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना भन्दा बढी बेपत्ता भएको खुल्न आएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा पहिरो कारण घर पुरीँदा ६ जनको मृत्यु भएको र ६ जना भन्दा बढी बेपत्ता भएका हुन् ।

पहिरोमा परी मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीय तिलकुमार त्रामु, उनका ९ वर्षका छोरा दर्शन त्रामु रहेका छन् । त्यस्तै, वडा नम्बर ४ लिंघाका ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विकको पनि पहिरोले ज्यान लिएको छ । त्यसैगरी मृत्यु भएका बाँकी दुई जनाको अझै सनाखत हुन नसकेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बताए । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु