एक वर्षमा सशस्त्र र जनपथ प्रहरीले चार करोड बढीको समान भन्सार दाखिला


पुष्कर गुरागाँई /प्रकाश पौडेल

चारआली । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकडभिट्टाले चालू आर्थिक वर्षको १ वर्षको अवधिमा भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा निगरानी बढाएको पाइएको छ ।

अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको र नेपालबाट भारततर्फ तस्करी हुने गरेको सरसामान बरामद गरेसँगै तस्करी नियन्त्रणमा निगरानी बढाएको हो । सशस्त्रका राजश्व तथा भन्सार गस्ती टोलीले ठुलो परिमाणमा अवैध चोरी पैठारी सामान भन्सार दाखिला गरेको तथ्याङ्कले देखाएको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको २०७५÷७६ को १ वर्षको अवधिमा करिब ३ करोड ७३ लाख ५७ हजार २ सय ८२ रुपैयाँ बराबरको सामान बरामत गरी मेची भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय इटहरीमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म राजश्व तथा भन्सार गस्ती सुरक्षाका सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेले बताए ।

 

भन्सार दाखिला गरिएका सामानहरूमा सुख्खा सुपारी ७६८८५०, कालो मरीच १६२८८००, हरियो मटर २९५०८०, ओरीयन्स कम्पनीका औषधि १९०३५७९, मोटर पार्टस १६२९८४६, कुखुराको मासु ५२५००, किराना खाद्यान्न सामान ३९९१०५, लत्ता कपडा २२८९२६०, भारतीय रुपैयाँ २०४८०००, कार मोटरसाइकल रिक्सा ठेला १७२२५००, मोबाइल ४३२०००, ल्यापटप २५३०४०, टाली ५०००, हाड्रवेयर सामान ४५१००, सुर्ती ६८४००, जुत्ता चप्पल ३२७५०, काठ २१००००, चाँदीका गरगहनाहरू ३६४८८३, बाख्रा १७००० लगायत सामानलाई भन्ँसार तथा राजश्व अनुशन्धान विभाग इटहरीमा दाखीला गरीएको घिमिरेले बताए । साथै ट्रक, लत्ता कपडा र जुत्ता जिल्ला अदालत काठमाण्डौमा दाखिला गरीएको बताईएको छ ।


ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले १ करोड २ लाख ५२ हजार ९ सय ३७ रुपैयाँ

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले चालू आर्थिक ७५÷७६ को १ वर्षको अवधिमा भन्सार छली तथा चोरी गरेका १ करोड २ लाख ५२ हजार ९ सय ३७ रुपैयाँ बराबरका विभिन्न प्रकारका सरसामान मेची भन्सार कार्यालयमा बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा मातहतमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मेचीनगर क्षेत्रबाट सो मूल्य बराबरको सामान बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायक उपरीक्षक गोवीन्द कुमार कार्कीले बताए ।

बरामद गरिएका सामानहरूमा सुख्खा सुपारी, मकै, मटर, र्सुती, मरीच, स्याउ, लत्ता कपडा, किराना खाद्यान्न सामान रहेको छ । गएको साउन महिनादेखि जेठ सम्म आइपुग्दा चोरी तस्करीमा संलग्न भारतको पानीट्याङ्कीका १७ वर्षीय जयदिप राजवंशी, सो ठाउँमा बस्ने २३ वर्षीया धन सिंह, मेचीनगर–४ का ४५ वर्षीय अमर थापा मगर, सो ठाउँका ४४ वर्षका गोपाल बुडाथोकी, मेचीनगर ६ का ५३ वर्षीय कृष्णकुमार राई, मेचीनगर–६ का २५ वर्षका मन्दीप राजवंशीलाई पक्राउ गरी कारबाही गरेको जनाइएको छ । भन्सार छली र चोरी तस्करीमा पक्राउ परेका उनीहरूलाई धरौटीमा छाडिएको छ ।

्त्यस्तै प्रहरीले रुख काट्ने मेसिन २ ट्रयाक्टर ४ वटा टिपरमा अवैध रूपमा खोलाबाट उत्खखन् गर्दै गरेको अवस्थामा नियन्त्रण गरी कारबाहीका लागि मेचीनगर नगरपालिका पठाएको छ । सिमल र कदम जातको गोलिया काठ ६३ क्युफिट काठ नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला बन कार्यालयमा पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ईलाका प्रहरी कार्यालय काकडभिट्टाले चोरी गरेर बरामत गरीएका करीव ७ ओटा मोवाईल सेट र २ वटा मोटरसाईकल सम्वन्धित व्यक्तिलाई बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी निरिक्षक कोमल ठाकुरले बताए ।

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु