मेचीनगरको ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ विवादमा


झुलन रेग्मी/ प्रकाश पौडेल

मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीमा ‘चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकम सदुपयोग नभएको भन्दै स्थानीयले आवाज उठाएका छन् ।

बाहुनडाँगी कृषि तथा पशुपालन प्रालि मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले गत आर्थिक वर्षमा दिएको थियो । तर, उक्त अनुदान रकम अनुसार काम नभएको भन्दै उक्त कार्यक्रम विवादमा परेको छ । प्रालिका सञ्चालक केशव सुवेदीले नगरपालिकासँग सम्झौता भएअनुसार नै मकै खेती गरिएको दाबी गर्दै आएका छन् । तर, बाहुनडाँगीका अन्य किसानहरु यसमा सहमत छैनन् ।

मेचीनगर–४ का जनप्रतिनिधि प्रल्लाद दाहालले मकै खेतीका लागि भनेर दिइएको अनुदानबारे थाहा पाएर उपप्रमुखसँग कुरा राख्दा प्रत्येक किसानलाई दुई लाख रुपैयाँभन्दा बढी दिन नसकिने कुरा भएको बताए । तर, आफूलाइ यसभन्दा बढी यो विषयमा जानकारी नभएको पनि वडा सदस्य दाहाल बताउँछन् ।

चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमका विषयमा बुझ्न पत्रकारको टोली बुधबार बाहुनडाँगी पुगेको थियो । टोलीलाई अनुदान लिएका सुवेदीले मकैको घाँस (साइलेस) राखेको ठाउँ देखाएका थिए । उनले मकै लगाएको जग्गामा अहिले धान खेती गरेका छन् ।


नगरपालिकासँगको सम्झौता अनुसार सुवेदीले १७ विगाहा जमिनमा एडभान्टा जाति मकैको बिज वृद्धि सुधार कार्यक्रम गर्ने उल्लेख छ । उक्त सम्झौता २०७५ फागुन ३० गते भएको देखिन्छ । फागुन १४ गते नगर कार्यपालिकाको बैठकबाट सो प्रस्ताव पारित भएको थियो । तर, सुवेदीले १७ विगाहामा मकै खेती गरेको विषयमा अन्य किसानहरु पत्याउने पक्षमा छैनन् । १७ विगाहामा मकै खेती नगरी अनुदान पचाउने काम भएको बाहुनडाँगीका सामाजिक अगुवा अर्जुन कार्की बताउँछन् ।

‘यति धेरै जग्गामा लगाइएको मकै खोई कहाँ छ ?,’ उनले प्रश्न गरे, ‘सम्झौता अनुसारको काम भएको भनेर कसरी विश्वास गर्ने, जबकी उनको (सुवेदीको) मकै खेती गर्ने जग्गा नै त्यति धेरै छैन ।’ सुवेदीले कति जग्गामा खेती गरे भन्ने कुरा बाहुनडाँगीका वास्तविक किसानहरुलाई सोध्न पनि आग्रह उनले गरे ।

मेयरकै योजनाअनुसार ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को फाइल लुकाइयो

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु