मेचीनगर । ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकमको फस्यौैट फाइल मेचीनगर नगरपालिकामा गायब पारिएको फाइल भेटिएको भए पनि पत्रकारलाई दिइएको छैन ।

विहीवार बेलुका ५ः१५ बजे नगरपालिका स्रोतले फाइल भेटिएको भनी जानकारी आए पनि पत्रकारको टोली पुनः मेचीनगर नगरपालिका पुगेको थियो । तर, मेचीनगर प्रमुख बिमल आचार्यले लेखा अधिकृत पदमबहादुर काकीलाई फोन गरी पत्रकारलाई फाइन नदिन आग्रह गरिएको कार्कीले पत्रकार टोलीलाई बताए ।

सूचनाको हकअनुसार सबै कागजात उपलव्ध गराउन माग गर्दै पत्रकारले पेश गरेको निवेदन ।

कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेलले सूचना पाउँ भनी निवेदन दिइएको भए पनि मेयर आचार्यले फोन गरी पत्रकारलाई फाइल नदिन लेखा अधिकृत पदमबहादुर कार्कीलाई दबाव दिइएको हो ।

झापाको मेचीनगर–४ बाहुनडाँगीमा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकमको फस्र्यौट फाइल मेचीनगर नगरपालिकामा गायब बनाइएको समाचार केही घण्टा अघि इमेची डटकमले प्रकाशित गरेको थियो । बाँहुनडागी कृषि तथा पशुपालन फर्म मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले प्रदान गरेको थियो । तर, उक्त रकम दुरुपयोग भएको भन्दै स्थानीय किसानहरुले आवाज उठाएका छन् ।

मेचीनगर नगरपालिकामा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को फाइलनै गायव

(Visited 24 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *