मेचीनगर नगरपालिकामा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को फाइलनै गायव


प्रकाश पौडेल

मेचीनगर । झापाको मेचीनगर–४ बाँहुनडागीमा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शिर्षकमा विनियोजित रकमको फर्यूच्ट फाइल मेचीनगर नगरपालिकामा गायब बनाइएको छ । बाँहुनडागी कृषि तथा पशुपालन फर्म मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैँया अनुदान रकम नगरपालिकाले प्रदान गरेको थियो ।

नगरपलिकाले दिइएको अनुदानको फाइल पत्रकारलाई दिन आलटाल गरिको छ । बुधबार पत्रकारको टोलीले नगरपालिकासँग फाइल माग्दा नगरपालिकाले दिन आलटाल गरेको लोकतन्त्र पोष्टका झुलन रेग्मीले बताए । पत्रकारको टोलीले आर्थिक शाखामा सम्र्पक गर्दा फाइल दिन नमिल्ने भन्दै फर्काइएको उनले बताए । सोही दिन पत्रकारको टोली स्थलगत अवलोकनका लागि सो कृषि फर्ममा समेत पुगेको थियो ।


बिहिबार पुन सञ्चार कर्मीको टोली फाइलको खोजी गर्न नगरपालिका पुग्यो । नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले फाइल आफुसंग नभएको भन्दै पन्छिए । ११ बजे उनी कार्यलयबाट निस्किसकेका थिए । उनी संगको फोनको कुराकानीमा आफु बाहिर भएको र फाइल पनि आफुसंग नरहेको बताए । नगरपालिका स्रोतका अनुसार सो कार्यक्रमको फाइल कार्की सगै रहेको बताइएको छ ।

‘चक्लाबन्दी खेती प्रोत्साहन’ कार्यक्रममा भष्ट्रचार भएको भन्दै सामाजिक संजालमा चर्चा भइरहदा नगरपालिकाले फाइल लुकाउदा सत्य कुरा बाहिर आउन सकिरहेको छैन । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ‘चक्लाबन्दी खेती प्रोत्साहन’ कार्यक्रमको फाइल शुक्रबार सम्ममा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । लेखा अधिकृत कार्की काम विशेषले बाहिर जानुभएका कारण फाइल उपलब्ध हुन नसकेको उनले बताए ।

(Visited 61 times, 2 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु