कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई नराम्रा म्यासेज गर्ने युवक नेपाल आउने बित्तिकै पक्राउ !


काठमाडौं। विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

गुरुङ थरकी महिलालाई सुरेशले विभिन्न नराम्रा म्यासेज लेखी पठाएकोमा त्यस्तो नगर्न उनका आफन्तले अनुरोध गर्दा अनुरोध गर्ने व्यक्तिलाई समेत इमो मार्फत नराम्रा शब्द लेखी, धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेकोले पीडितले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु