घडीको रोचक तथ्य : विज्ञापनमा देखाइने सबै घडीको समय किन १० बजेर १० मिनेट?


तपाईंले घडी लगाउनुभएको छ ? अनि टेलिभिजन तथा अनलाइन पत्रपत्रिकामा आउने घडीको विज्ञापन हेर्नु भएको छ ? हेरे पनि ख्याल गर्नुभएको छैन होला । एक पटक ख्याल गर्नुहोस्। विज्ञापन गर्न राखिएका सबै घडीको समय १० बजेर १० मिनेट सेट गरिएको हुन्छ ।

यी घडीका सुइ १० बजेर १० मिनेटमा हुँदा सन्तुलित अवस्थामा देखिन्छन् । मानिसहरु सन्तुलित चिज हेर्न मन पराउँदछन् । आकर्षणकै लागि विज्ञापन गरिने भउकाले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन प्रायः १० बजेर १० मिनेट जाने गरी मिलाइने मनोवैज्ञानिकहरुको भनाई छ ।

त्यस्तै १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको हुनसक्ने धेरैको विश्लेषण छ ।

साथै घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँछ जुन विजय तथा जीतको संकेत पनि हो । १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको अवस्थाले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन त्यसैले पनि विज्ञापनमा घडीमा १० : १० बजाइएको आंकलन गरिन्छ ।

करोडका घडी लगाउने सौखिनहरु
नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे कामविशेषले भारत जाँदै थिए । त्यही हतारोबीच कुराकानीका लागि १० मिनट समय छुट्याएका थिए । जब घडीबारे कुरा हुन थाल्यो, उनले थप ३० मिनट बितेको पत्तो पाएनन् । पाँडेलाई सन् १९४७ ताका दिल्ली विश्वविद्यालयमा स्नातक पढ्दै गर्दा बाबु सरदार भीमबहादुर पाँडेले स्विट्जरल्यान्डबाट ‘ओमेगा डाइनामिक’ घडी ल्याइदिए । त्यसका कारण साथीसंगी वृत्तमा इज्जतदार बनेपछि उनी घडीप्रति आकर्षित भएका हुन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे कामविशेषले भारत जाँदै थिए । त्यही हतारोबीच कुराकानीका लागि १० मिनट समय छुट्याएका थिए । जब घडीबारे कुरा हुन थाल्यो, उनले थप ३० मिनट बितेको पत्तो पाएनन् । पाँडेलाई सन् १९४७ ताका दिल्ली विश्वविद्यालयमा स्नातक पढ्दै गर्दा बाबु सरदार भीमबहादुर पाँडेले स्विट्जरल्यान्डबाट ‘ओमेगा डाइनामिक’ घडी ल्याइदिए । त्यसका कारण साथीसंगी वृत्तमा इज्जतदार बनेपछि उनी घडीप्रति आकर्षित भएका हुन् ।

स्नातक सकेपछि उनले बाबुबाट अझ बढी मूल्यको ‘ओमेगा’ घडी पाए । बाबुबाटै चार घडी उपहार पाएका उनमा विस्तारै घडी–सोख मौलायो । जब बैंकर्स भए, आफ्नै कमाइ भयो । त्यसपछि मन लागेका घडी उनको नाडीमा सजिन थाले । अहिले व्यक्तिगत वा कर्पोरेट कामले विदेश पुग्दा त्यहाँ पाइने बहुमूल्य घडीले उनलाई आकर्षित गरिहाल्छन् । लगाउनचाहिँ स्थान र सन्दर्भअनुसार लगाउँछन् । भन्छन्, ‘एसियाली देशमा सुनजडित घडी लगाउँछु । तर, युरोप, अमेरिकामा सुनको खासै महत्व छैन, ह्वाइट गोल्ड वा अन्य धातुयुक्त घडी लगाउँछु ।’

पर्यटन व्यवसायी कर्ण शाक्य पनि घडी–प्रेमी हुन् । उनी घडीसँग निमेषभर टाढा हुँदैनन् । सुत्दा होस् वा नुहाउँदा, नाडीमा घडी टुट्दैन । सानैदेखि फेसनमा चाख राख्ने उनमा ११ वर्ष नलाग्दै घडीको रहर पलायो । एसएलसी उत्तीर्ण गरेपछि बाबुले ‘वेस्टर्न वाच’ किनिदिए । पढाइको सिलसिलामा अमेरिका पुगेपछि ‘टाइम’ र ‘न्युजविक’ म्यागेजिनमा हलिउड अभिनेताले लगाएका महँगा घडीले मन तान्थे । त्यस्ता घडी किन्न नसके पनि बजारमा चलेका ब्रान्डका घडी फेर्ने सोख उनमा विकास भयो ।

पर्यटन व्यवसायी रामकाजी कोने ३४ वर्षअघि हङकङ पुगेका बेला टेलिभिजनमा सबैभन्दा पातलो घडी ‘क्वार्ज’को विज्ञापन देखे । उनले ४० हजार रुपैयाँ खर्चेर त्यो घडी किने, लगाउन भने मन लागेन । ६ वर्षपछि त्यो घडी बिक्री गर्न विशालबजार पुग्दा व्यापारीले स्विस ब्रान्डका घडी किन्न सुझाए । त्यसपछि उनले त्यही सुझाव अनुसरण गरे । त्यसक्रममा थाहै नपाई उनी घडीका सौखिन बने ।

किरण साख:

गैरीधारास्थित एलिस रेस्टुराँका सञ्चालक नकुल शेरचनले १२ वर्षको उमेरमा पहिलो पटक घडी लगाउन पाए । बाग्लुङ बुर्तिवाङमा त्यतिबेला सामान्य घडी लगाउनु पनि ‘लक्जरी’ मानिन्थ्यो । त्यसै समयदेखि घडीप्रति आकर्षित भएका उनी पछि सौखिन नै बने । व्यवसायी तथा सभासद् उमेश श्रेष्ठलाई एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आउँदा बाबुले ‘सिको फाइभ’ घडी किनिदिएका थिए । त्यसबेला खुशीले रमाएका उनले पछि धेरै ब्रान्डका घडी लगाए, जसले उनलाई सौखिन बनायो । बिहान चार बजे उठेदेखि नसुतुन्जेल उनको हातमा घडी टुट्दैन ।

घडीको प्रयोजन
अब, समयका लागि घडीमा भर पर्नुपर्ने अवस्था रहेन । नियमित प्रयोजनमा आउने अधिकांश ‘ग्याजेट’ले घडीको विकल्प दिइसकेका छन् । श्रेष्ठ भने अझै पनि समय हेर्न घडी नै प्रयोग गर्छन् । अरू ‘ग्याजेट’ले त्यसको ठाउँ लिन सकेको छैन । चारदेखि ६ बजेसम्म शारीरिक व्यायामका बेला उनी स्मार्ट वाच लगाउँछन् । यस्तो घडी आइफोनसँग ‘कनेक्ट’ हुने हुँदा फोनको पनि काम गर्छ ।

पाँडेचाहिँ घडीलाई कला मान्छन् । भन्छन्, ‘निकै मिहिनेतबाट यस्ता वस्तु तयार हुन्छन् । त्यसैले म यसलाई सिर्जना अर्थात् कला मान्छु ।’ त्यसै सन्दर्भमा उनलाई शाहवंशीय एक राजाको तस्बिर अंकित कोबोल्ड ब्रान्डको ‘पकेट वाच’ बिक्रीमा रहेको जानकारी आयो । उनले त्यो घडी खरिद गरेका छन्, जसलाई आफ्नै पहलमा खुल्न लागेको ‘आर्ट फाउन्डेसन’मा राख्दैछन् । पाँडे भन्छन्, ‘उक्त घडी मैले कला र घडीको संयोजनको विम्बका रूपमा खरिद गरेको हुँ । ऐतिहासिक महत्वसमेत भएकाले फाउन्डेसनमा राख्नेछु ।’

आफूसँग भएको घोडाको तस्बिर अंकित घडीलाई पनि उनी कलाको फ्युजन मान्छन् । घडीलाई पुरुषको ‘फेसन आइटम’ पनि ठान्छन् । ‘सोच’, ‘खोज’, ‘मोज’जस्ता उत्प्रेरणामूलक पुस्तकका लेखक शाक्य त्यसमा सहमत छन् । भन्छन्, ‘महिलामा अन्य गरगहनाको महत्व बढी देखिन्छ । पुरुषको चाहिँ घडीमा आकर्षण कायमै छ ।’

औद्योगिक घराना साखः ग्रुपका उपाध्यक्ष किरण साखःका लागि पनि घडी गहना नै हो । त्यसैकारण मध्यमवर्गले आफ्नो क्षमताअनुसार लगाउने गरेको उनको ठम्याइ छ । गण्डकी टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक कोने पनि आफ्नो ‘स्ट्याटस’बोधका लागि मानिसले महँगो घडी लगाउने बताउँछन् । परिवारका अन्य सदस्य पनि घडीको सौखिन रहेको बताउने उनीचाहिँ पर्यटन व्यवसायलाई चाहिने ‘स्मार्ट जेस्चर’का लागि पहिरिन्छन् ।

शाक्य त घडीलाई विरासतका रूपमा अर्को पुस्तालाई हस्तान्तरण गर्न सकिने सम्पत्तिसमेत ठान्छन् । त्यसैले पाँच वर्षअघि उनले रहरमा किनेको कालो रङको ‘रोलेक्स’ घडी ठूलो छोरालाई दिए । पाँडेको विचारमा त महँगो तथा ब्रान्डेड घडी किन्नु लगानी नै हो । भन्छन्, ‘यस्ता घडी जति पुराना भए उति मूल्य बढ्छ ।’

उनमा घडी लगाउने सोख मात्रै छैन, संकलनको ‘प्यासन’ पनि छ । उनको सेफमा विश्वचर्चित ब्रान्डका ७० घडी सुरक्षित छन् । श्रेष्ठले २० भन्दा बढी घडी सुरक्षित राखेका छन् । शेरचनले संकलनमा आधा दर्जन पुर्‌याएका छन् ।

ब्रान्डको महत्व
घडीको सोखसँग ब्रान्ड जोडिएर आउँछ । ब्रान्डबाटै घडीको उच्च मूल्य पहिचान हुने हुँदा त्यसो भएको हो । त्यसैले सौखिनहरू ब्रान्डसचेत हुन्छन् । यसैले बाबुले ल्याइदिएको ‘ओमेगा डायनामिक’, ‘ओमेगा’ हुँदै महँगा ब्रान्डको यात्रा गरेका बैंकर पाँडेको सेफमा अहिले ‘पाटेक फिलिप’, ‘अरोमा पिगे’, ‘फ्य्रांक मुलर’, ‘एगला कुट’, ‘डेटोना स्टिल’, ‘लांगा एन्ड सोन’, ‘ब्लोम पाँ’लगायत विश्वचर्चित ब्रान्ड छन् । उनी मन परेको घडी उद्योगमै अर्डर गरेर पनि मगाउँछन् । ‘चोपार्ड’ घडी उनले त्यसरी नै मगाएका हुन् ।

नकुल शेरचन

अमेरिकी कम्पनी ‘कोबोल्ड’मा घडी अर्डर गर्दाको कथा त अझ यादगार छ । उनले आफूलाई मन परेको घडी मगाएका थिए, कम्पनीले उनकै थर उल्लेखित ‘पाण्डेमोनियम’ घडी पठाइदियो । ‘आफ्नै नाम जोडिएको ब्रान्डको घडी हात पर्दा दंग परें । कम्पनीका मालिक मेरो साथी हुन् । उनलाई के सुर चल्यो कुन्नि, मेरै नाम जोडेको ब्रान्ड अंकित घडी बनाएर पठाए,’ उनले रहस्य खोले । उक्त ब्रान्डको घडी बजारमा गए/नगएकोचाहिँ उनलाई थाहा छैन ।

‘वेस्टर्न वाच’बाट सुरु भएको शाक्यको ब्रान्ड–मोह पनि रोचक छ । युवाकालमा उनी नाडीमा ‘रोलेक्स’ चम्किरहेको सपना देख्थे । असाध्यै महँगो भएकाले किन्न सकेका थिएनन् । व्यवसाय सुरु गरेपछि स्विट्जरल्यान्ड र अमेरिका पुग्दा घडी पसल देख्यो कि छिरिहाल्थे । आँखा रोलेक्स ब्रान्डमै ठोकिन्थे । उनी सम्झिन्छन्, ‘मूल्य सोध्थें, एकैछिनको लागि भए पनि लगाउथें । किन्न पैसा पुग्दैनथ्यो । अनि, पछि आउँला भनेर हिड्थें ।’

सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’को पर्यटन प्रवद्र्धन अवधारणा लिएर सपरिवार स्विट्जरल्यान्ड पुग्दा पनि उनी घडी ‘सोरुम’ छिरे । त्यहाँ पनि उनको आँखा रोलेक्समै अडिएको देखेर पत्नी र छोरीले भने, ‘साह्रै मन गर्नुभयो तपाईंले, पैसा भन्ने कुरा त्यस्तै हो । यति मन परेको चिज, तपाईंले पनि नकिने कसले किन्छ ? किनिहाल्नुस् ।’

त्यसपछि उनले जोसिएर महँगो मूल्य चुकाएर आफ्नो सपना किने । ‘महँगोमा किनेको घडी खोलेर कतै राख्दा हराउन सक्ने डरका कारण पनि खोल्न मन लाग्दैन,’ उनले जतिबेला पनि हातमा बाँध्नुको रहस्य खोले । उनको हातमा अहिले नीलो रङको ‘रोलेक्स’ चम्किरहेको छ । कोनेको रोजाइ पनि रोलेक्स नै हो । उनले ‘रोलेक्स’का विभिन्न मोडेल लगाइसके । आईडब्ल्यूसी, हुब्लोट, बिभाल्गारीलगायत ब्रान्ड पनि लगाए उनले । अहिले स्विस ब्रान्डको गोल्ड घडी लगाइरहेका छन् । शेरचनले पछिल्लो दशक ‘राडो’, ‘बुल्गारी’लगायत ब्रान्ड लगाए ।

तीन लाखभन्दा बढी खर्चेर ‘बुल्गारी’ किनेका उनले रेस्टुराँ व्यवसायको सिलसिलामा जापानमा रहँदा नौ लाख तिरेर ‘ओमेगा’ लगाए । हालै मात्र १७ लाख बजार मूल्य रहेको ‘रोलेक्स’ राम्रो छुट पाएर साढे १३ लाखमा खरिद गरेका छन् ।शिक्षा व्यवसायमा पहिचान बनाएका श्रेष्ठले ‘सिको फाइभ’पछि क्यासियोजस्ता इलेक्ट्रोनिक ब्रान्डका घडी पहिरिए ।

कर्ण शाक्य

साथीबाट ‘रोलेक्स’ उच्च कोटीको ब्रान्ड हो भन्ने थाहा पाएपछि ३५ वर्षअघि आफन्त फ्रान्स गएका बेला ‘ड्युटी फ्री सप’बाट स्टिल बडीको ‘रोलेक्स’ मगाएका थिए । त्यसको मूल्य ५५ हजार थियो । उनी भन्छन्, ‘त्यतिबेला त्यति जुटाउन पनि मुस्किल थियो । तर, रहरको अगाडि पैसा केही लागेन ।’पाँच वर्षजति लगाएको त्यो घडी अहिले पनि उनीसँग सुरक्षित छ ।

त्यसको मूल्य अहिले पाँच लाख पुगिसकेको छ । त्यसपछि उनले ‘राडो’, ‘ओमेगा’लगायत ब्रान्ड पनि लगाए । अहिले ‘रोलेक्स क्रोनोग्राफ’ लगाएका छन्, जुन उनले नेपालमै किनेका हुन् । नेपाली बजारमै उचित मूल्यमा पाइने घडी उनी यतै किन्छन् । बहुमूल्य घडी वर्षौंसम्म जस्ताको तस्तै हुने हुँदा ‘सेकेन्ड ह्यान्ड’मा पाएपछि किनिहाल्छन् । साखःचाहिँ ‘ओमेगा’ प्रयोगकर्ता हुन् । उनले चाहिँ रहरले नै ‘ओमेगा’ घडी लगाएका हुन् । उनीसँग राडो, टेरी कार्डेनलगायत ठिकै ब्रान्डका केही घडी पनि छन् । अब किन्नुपर्दा उनको रोजाइमा ओमेगा वा रोलेक्स पर्ने छन् ।

महँगा घडी
सर्च इन्जिन गुगलका अनुसार सन् २०१६ सम्म सबैभन्दा महँगो घडी ‘ज्वेलरी वाच’ हो, जुन दुई करोड ५० लाख अमेरिकी डलरमा विश्व बजारमा उपलब्ध छ । यस्ता महँगा घडी चन्द्रमा, मंगलग्रहबाट ल्याइएका पत्थर, हीरा, प्लाटिनम, डायनासोरको हाड वा कुनै कालमा अन्य ग्रहबाट पृथ्वीमा झरेका उल्का पिण्डका टुक्रा राखिएको हुन्छ ।

घडीका जानकार कोने भन्छन्, ‘यस्ता बहुमूल्य घडी हातले बनाइने हुँदा मूल्य धेरै उच्च हुन्छ । त्यस्ता एन्टिक घडी आफूसँग मात्र होस् भन्ने सोख भएका धनाढ्यले एउटा मात्रै बनाउन लगाएर अत्यधिक मूल्य तिर्छन् ।’महँगा घडीमा सुन, सेतो सुन, गुलाबी सुन, प्लाटिनम, हीरा आदि राखिएको हुन्छ । प्रयोग भएका सामग्रीका आधारमा मूल्य निर्धारण हुन्छ । घडीको संसारमा धेरै ब्रान्ड आए पनि केही कम्पनीले मात्र मूल्य उच्च राख्न सकेका छन् ।

नेपालमा सबैभन्दा पहिले दरबारमार्गस्थित सुलक्स सेन्टरले महँगा घडी भित्र्यायाे, जसले घडीका सौखिनलाई नेपाली बजारमै पैसा खर्चिने मौका दियो । सुरुवाती चरणमा रोलेक्स, ओमेगालगायत विश्वचर्चित ब्रान्डका मूल्यवान घडीका लागि उक्त सेन्टर एक मात्र विकल्प थियो । अहिले भने ती महँगा ब्रान्ड नेपालका लागि प्रमुख वितरक रिजेन्सी वाच, दरबारमार्गले बिक्री गर्छ ।

यस्तै, स्विस इन्टरनेसनल पनि ब्रान्डेड घडीको गन्तव्य बनेको छ । नेपाली बजारमा लजिन्स, जेनिथ, टुडोर, चोपार्ड, कार्टियर, हुबोल्ट, ओमेगा, रोलेक्स, ब्रेटलिङलगायत ब्रान्डका घडी पाइन्छन् । ५० लाख हाराहारी मूल्यसम्मको घडी नेपालमा पाइने भए पनि महँगा घडीका मूल्यबारे नेपाली व्यवसायी जानकारी दिन चाहँदैनन् ।

रामकाजी काेने

संसारमा घडी
घडी आविष्कार हुनुपूर्व मानिस समयको मापनका लागि प्रकृतिमै निर्भर थिए । घाम, जून र ताराको गतिका आधारमा समय निर्धारण हुन्थ्यो । १५ औं शताब्दीमा पहिलो पटक युरोपमा सर्वप्रथम घडीको आविष्कार भयो । पिटर हेन्लिनले ‘पोर्टेबल स्प्रिङ ड्रिभन क्लक’ नामको घडी आविष्कार गरेका थिए ।घडीको प्रयोग गिर्जाघरबाट सुरु भयो । भित्तेघडीपछि नाडीघडीको आविष्कार भयो । अहिले समय जानकारीका लागि धेरै विकल्पको विकास भइसकेको छ । त्यसैले घडी सोखमा सीमित हुन थालेको छ ।

पृथ्वीबहादुर पाँडे

विश्वचर्चित नेताका घडी सोख
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘फेसन कन्सस’ नेता हुन् । उनले ‘ए लांगा एन्ड सोन टर्बोग्राफर प्योर ले मेरिट’ नामक घडी लगाउँछन् । उक्त घडीको मूल्य झण्डै पाच करोड ३० लाख रुपैयाँ पर्छ । उनीसँग पाटेक फिलिप र ब्लांक पाँ ब्रान्डका बहुमुल्य घडी छन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि घडीका सौखिन हुन् ।

उनीसँग दुई हजार आठ सय डलरबाट सुरु हुने कोबोल्ड ब्रान्डका घडी तीन वटा छन् । यस्तै, १२ हजार ६ सय डलर मूल्य पर्ने कार्टिएर सान्टोस डुमोन्ट ब्रान्डको घडीका साथै महँगो मूल्यका पानेराइ लुमिनर र रोजर डुबुइस ब्रान्डको घडी पनि छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ दुनियाँमा सबैभन्दा महँगो घडी लगाउने नेतामध्येका हुन् । उनले ४६ लाख डलर मूल्यको लुइस मोइनेट ब्रान्डको घडी लगाउँछन् ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी ह्वाइट गोल्ड पाटेक फिलिप ब्रान्डको घडी लगाउँछन् । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनी पनि महँगो घडीका सौखिन हुन् । उनी साढे पाँच करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने भ्याचेरोन कन्स्टान्टिन ब्रान्डको घडी लगाउँछन् ।

 

(Visited 35 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु