काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आइबारको बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विधेयकमाथि छलफल भइरहेको थियो। वृद्धवृद्धालाई छोराछोरीले हेरेनन् भने के गर्ने भन्ने छलफलको मुख्य विषय थियो। छलफलकै क्रममा प्रवेश पायो- चलचित्र निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको झगडाले। छोराछोरीले वृद्ध बाआमालाई नहेरेमा स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा जान सकिने प्रस्ताव समिति सचिवालयले गर्‍यो।

तर न्यायिक समितिले आफूले चाहेको व्यक्तिको पक्षमा निर्णय गर्न सक्ने भन्दै सांसद दिव्यमणि राजभण्डारीले आपत्ति जनाए। यसैक्रमा उनले निर्माता ओझा र अभिनेत्री पोखरेलको झगडाको उदाहरण दिए। ‘न्यायिक समितिको कसरी विश्वास गर्ने ?’, उनको प्रश्न थियो, ‘न्यायिक समितिले आफ्नो फेबर (पक्ष) मा निर्णय लिनसक्छ। छवि (ओझा) र उनकी चौँथो श्रीमती (शिल्पा) को जस्तै हुन्छ।’

मेलमिलाप गरे पनि पछि फेरि उनीहरूले पारपाचुके गर्ने कुरा गरेको तर्फ उनको संकेत थियो। ‘उनीहरुले झगडा गरेर मेलमिलाप पनि गरेछन्। तर अहिले डिभोर्स गर्ने भन्दैछन्’, उनले भने। राजभण्डारीको दाबी थियो- न्यायिक समितिले एकैछिनलाई मात्रै मुद्दा मिलाउँछ। तर समस्या रहिरहन्छ। लामो समयदेखि सम्बन्धमा रही सुटुक्क बिहे गरेका अभिनेत्री शिल्पा र निर्माता छविबीच झगडा भएपछि मुद्दा प्रहरीमा पुगेको थियो। पछि उनीहरूबीच झगडा सहमति भएको थियो। गत साता शान्ति सुरक्षाको माग गर्दै शिल्पाले छविविरुद्ध उजुरी दिएकी थिइन्।

(Visited 20 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *