हात्ती समितिमा लोकतान्त्रीक समुहको प्यानल बिजयी


बाहुनडाँगी, फागुन ९ ।मेचीनगर ४ बाहुनडाँगी स्थीत मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको निर्वाचनमा लोकतन्त्रीक समुहका प्यानल नै बिजयी भएका छन । अध्यक्ष सहित मुख्य चार पदमा सर्बसम्मत चयन भएकोमा महासचिव सहित १० जना कार्यसमिति सदस्यका लागि शनिबार भएको निर्वाचनमा नेपाली काँग्रेस र जसपाको लोकतान्त्रीक प्यानलका उम्मेद्वार बिजयी भएका छन ।


हिजो सम्पन्न निर्वाचनको मत परिणाम अनुसार महासचिवमा काँग्रेसका तर्फबाट उम्मेद्वारी दिनु भएका विमल तामाङ बिजयी हुनु भएको छ । तामाङले ६४२ मत प्राप्त गरी बिजयी हुँदा सोही पदका प्रतिस्पर्धी राप्रपाका उम्मेद्वार चन्द्रप्रसाद सुवेदी (सन्तोस) ले ५२८ मत प्राप्त गर्नु भएको निर्वाचन समिति संयोजक पोषककुमार दर्जीले बताउनु भयो ।

त्यस्तै खुला सदस्य तर्फ नित्यान्द चम्लागाई(७७१), तेजबहादुर भुजेल(कुबिर) (७४६), चुडामणी आचार्य(७४४), र मतिबहादुर दर्जी(७५१) बिजयी हुनु भएको छ । त्यस्तै महिला सदस्यमा कोपिला लावती (७६१), सुस्मा सुवेदी (७८५), पिङ्की प्रधान (८८१) र बबिता थापा (८००) बिजयी हुनु भएको निर्वाचन समिति संयोजक दर्जीले सेतोपत्रलाई जानकारी दिनु भयो ।

अध्यक्षमा हरीप्रसाद उप्रेती, उपाध्यक्षमा धनकुमार राई, सचिव रामु सोङमेन र कोषाध्यक्षमा निता थापा यस अघि नै निर्बिरोध निर्वाचित भइसक्नु भएको थियो । कुल मतदाता २७७३ जना रहेकोमा हिजो भएको निर्वाचनमा १२८१ जनाले मतदान गरेको संयोजक दर्जीले जानकारी दिनु भयो ।सेतोपत्रबाट

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु