तेक्वान्दो संघ झापाको कार्यालय उद्घाटन


मेचीनगर । नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । सरस्वती पुजाको अवसर पारि फागुन ४ गते मंगलबार कार्यलयको नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको हो ।

जिल्लाको सदरमुकाम चन्द्रगढीमा एक कार्याक्रमको आयोजना गरि जिल्ला कार्यालयको उद्घाटन गरिएको हो । नेपाल तेक्वान्दो संघका केन्दीय सदस्य बिजयकुमार न्यौपानेको प्रमुख आथित्यमा जिल्ला कार्यलयको उद्घाटन गरिएको हो ।

जिल्ला कार्यलयको उद्घाटन कार्याक्रममा टहलदास मैनाली, डेमा थापा, सौरभ प्रधान, गंगाबहादु थापालगायतको उपस्थिती रहेको थियो । नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बावुलाल सुव्बाको अध्यक्षतामा सम्पन्न कार्याक्रममा संघ झापा जिल्लाका उपाध्यक्ष जेम्स सव्बा, सचिव कुमार भट्टराई, कोषध्यक्ष पूर्णमाया सुव्बा, सदस्य होम दुलाल, संजय राई, योगेन्द रिजाल लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

 

।। समाचार ।।
युनिक स्कूलमा सरस्वती पूजाका दिन भर्ना निःशुल्क
मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ ।
यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई राहत दिन सरस्वती पूजाका दिन निःशुल्क भर्ना सञ्चालन गरिएको उनले बताए । ‘हामीले एक दिनका लागि मात्रै निःशुल्क विद्यार्थी भर्ना चलाएका छौँ,’ उनले स्पष्ट पारे ।
२०६१ सालमा स्थापना भएको युनिक स्कूलमा हाल ४३० विद्यार्थी अध्ययनरत् छन् । चौथो वर्षको एसइई परीक्षा दिइसकेको उक्त स्कूल सहरेडाँगी क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा पनि स्थापित छ । स्कूलका प्रिन्सिपल रिमालले अहिले पनि १० प्रतिशत विद्यार्थी स्कूल नआएको बताए । कोरोनाको असरले गर्दा कतिपय विद्यार्थी घरैमा बसेको अवस्था रहेको उनको भनाइ छ ।
एकल स्वामित्वमा सञ्चालित युनिक स्कूलमा ३ करोड लगानी भएको छ । प्रिन्सिपल रिमाल सानै उमेरदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । उनकै लगानी र मेहनतबाट युनिक स्कूलले शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
…………………..

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु