लकडाउनपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दाे


इलाम । कोरोना भाइरसका कारण गाउँका विद्यालयमा विद्यार्थीको संख्या वृद्धि भएकाे छ । यस वर्ष लामो समयसम्म विद्यालय बन्द भए । शहरी क्षेत्रमा भीडभाड हुन्छ, संक्रमणको उच्च सम्भावना रहन्छ भन्ने आशंकामा अधिकांश विद्यार्थीहरु गाउँकै विद्यालयमा पढ्न थालेपछि विद्यार्थीको संख्या बढेको हो । गाउँका सरकारी विद्यालयमा पढ्न आएका नयाँ विद्यार्थी अन्तर जिल्ला, अन्तर पालिका र सस्थागत (बोर्डिङ्ग स्कूल) मा अध्ययन गरिरहेका विद्यार्थी छन् ।

गत सालको तुलनामा यस वर्ष फाकफोकथुम गाउँपालिका-१ को ज्योति आधारभूत विद्यालयमा १५ प्रतिशतले विद्यार्थीको संख्या बढेको पाईएको छ । जिल्ला र पालिका बाहिर अध्ययन गरिरहेका आफ्ना नानीहरुलाई जोखिम मोलेर शिक्षा दिन अविभावक तयार नभएकाले पनि गाउँका विद्यालयमा विद्यार्थीको संख्या बढेको पाईएको हो ।

फाकफोकथुम गाउँपालिका १ को ज्योति आधारभूत विद्यालयमा सस्थागत विद्यालयबाट ५ प्रतिशत र अन्तर पालिका र जिल्ला बाट भने १० प्रतिशत नयाँ विद्यार्थी आएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार , एक देखि ८ कक्षासम्मका जम्मा विद्यार्थी एक सय १० छन् । गत साल भने ८५ थिए । यो विद्यार्थी संख्यालाई तुलना गर्दा विद्यार्थी संख्या २५ ले बढी हो ।कक्षा ८ मा गत साल ९ जना विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने २१ जना छन् । यस वर्ष १२ जना विद्यार्थी बढेको छ । यस्तै कक्षा ४ मा गत साल ४ जना विद्यार्थी थिए । यस वर्ष ११ जना छन् । यो संख्यालाई हेर्ने हो भने ७ जना विद्यार्थी यस वर्ष बढेको विद्यार्थी संख्या हो । विद्यालयकाअनुसार, सबै भन्दा बढी कक्षा ८ र सबै भन्दा कम कक्षा ४ मा विद्यार्थीको भर्नादर बढेको छ ।

विद्यार्थी संख्या बढेपछि विद्यालयको सीमित स्रोत साधनले नपुग्दा पठन पाठनमा समस्या भएको छ । विद्यालयमा आवश्यकता महसुस गरेरै हरेक वर्ष सम्बन्धित निकायमा पुस्तकालयको माग गरिए पनि पाउन नसकेको विद्यालयको गुनासो छ ।
विद्यार्थी बढेसँगै भवन अभाव भएपछि स्टोर शाखालाई पनि कक्षा कोठाको रुपमा सञ्चालन गरिएको छ भने प्रारम्भिक बालशिक्षा केन्द्र र कक्षा एक का विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा पठनपाठन भईरहेको छ । यस्तै कक्षादुई र तीन का विद्यार्थीहरुलाई भने बिचमाटीनले बारेर विद्यालयले कक्षा सञ्चालन गरिरहेको छ ।

कक्षाकोठामा केहि समय ढिला गएमा विद्यार्थीले टीनचलाएर अर्को कक्षाका विद्यार्थीहरुलाई प्रत्यक्ष असर पर्ने गरेकाले पठनपाठनमा समस्याभएको शिक्षक सुरेन्द्र निरौला बताउनुहुन्छ । विद्यालयले पटक–पटक पुस्तकालयको माग गरे पनि हालसम्म पाउन सकेको छैन । माग गरे बमोजिम विद्यालयले पुस्तकालयका लागि भवन पाएमा विद्यार्थीलाई व्यवस्थापन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक भट्टराईको भनाइ छ । जिल्लाका १० पालिकामा तीन सय ९७ सामुदायिक र एक सय १७ संस्थागत गरी पाँच सय १४ वटा विद्यालय रहेको शिक्षाविकास तथा समन्वयइकाइ इलामका शाखा अधिकृत डम्बर सुवेदीले जानकारी दिनुभयो ।

फाकफोकथुम गाउँपालिकामा मात्रै सामुदायिक ४१, संस्थागत ८ र धार्मिक १ गरी ५० विद्यालय रहेको शिक्षा शाखा प्रमुखम ताव सिह लिम्बूले जानकारी दिनुभयाे ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु