हरेक नेपालीको रोग ग्यास्ट्रिकमा ध्यान दिनुपर्ने ६ कुरा -डा. सन्दीपराज कुँवर


काठमाडौ । ग्यास्ट्रिक नेपालीहरुको खानदानी रोग भनिन्छ । धेरै नेपालीले जन्मिदै आमाको कोखबाट नै पोषणको अभावमा लिएर आउँछन् । जन्मिएपछि शिशु अवस्थामा नै नियमित खानपान नहुँदा रोगको शिकार बन्छन् । पछि ठूलो हुँदा छन् खानपानको तालिका नमिल्दा, कोही भएर मिलाएर खान नजान्दा त कोही नभएर खान नपाएर ग्यास्ट्रिकको भागिदार बनेका छन् ।

हरेक जसोलाई हुने ग्यास्ट्रिकले ध्यान दिन नसके जीवन नै लैजाने नभए धेरै दुख दिन चिकित्सकहरुको भनाई छ । पेट रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर भन्नुहुन्छ खानपान र आहार बिहारमा ध्यान नदिए ग्यास्ट्रिक निक्कै अप्ठ्यारो रोग हो । यसैले उहाँ यी ६ कुरा ध्यान दिन सबै मानिसलाई सुझाब दिनुहुन्छ ।

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु