एकता युवा क्लबको बार्षिकोत्सबमा ‘प्यानल डिस्कसन’

मेचीनगर । एकता युवा क्लबको प्रथम बार्षिकोत्सब कार्यक्रम सपन्न भएको छ। आज विविध का कार्यक्रमको आयोजना गरेर प्रथम बार्षिकोत्सब सम्पन्न भएको हो ।
प्रदेश संसद् गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, डा. पोषणराज त्रिपाठीको बिशेष आथित्यता थियो भने महिला अभियान्ता रेनुका डाँगी, इष्ट होराइजन मा.बि का प्रिन्सिपल सन्जिब राई र गृहलक्ष्मी सहकारी व्यवस्थापक सरोज मेहराको अथित्यता रहेको थियो ।
कार्यक्रमलाइ दुई भागमा बिभाजन गरी प्रथम औपचारिक कार्यक्रम पश्चात “कोरोना को प्रभाव : युवा र बिकास” भन्ने बिषयमा प्यानल डिस्कसन चलाइएको थियो । प्यानल डिस्कसनमा प्रदेश संसद् गोपालचन्द्र बुढाथोकी, मेचीनगर प्रमुख बिमल आचार्य र डा. पोषणराज त्रिपाठी सहभागी भएका थिए । कार्यक्रमलाई युवा अभियान्ता निरोज कट्टेलले सहजीकरण गरेका थिए ।
संस्थाकोतर्फ बाट स्वागत मन्तव्य राख्दै एकता युवा क्लवले विगत एक बर्ष देखि गरेको कार्यक्रम र भावी योजना को बारे क्लबकी सचिब मन्जु चिमरिया ले प्रष्ट पारेकी थिइन । कार्यक्रमको अध्यक्षता संयोजक सन्तोष धमलाले गरेका थिए । आशिष पौडेलले संचालन गरेको कार्यक्रममा ६० जना युवाहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्