सार्वजनिक जग्गामा भु-माफियाको वक्रदृष्टी


ताज होटल नजिकको बिवादित जग्गा

पर्यटकीय क्षेत्रको रुपमा स्थापित चितवनको मेघौलीमा जग्गा किनबेचमा चलखेल शुरु भएको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य पूर्वीचितवनको सौराहा नजिकै रहेको मेघौलीमा अहिले पर्यटकहरुको चलहपहल शुरु भएसँगै मेघौलीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापना हुने सम्भावना बढेको हो ।

अहिले ताज रिसोर्ट आसपासको विवादित जग्गा हरु महङो मुल्यमा बिक्री गर्न भु-माफियाहरु लागि परेका छन । सार्बजनिक जग्गा समेत ब्यक्त्तिको नाममा रहेको भनि भु-माफियाहरु अहोरात्र खटिएका हुन् ।

चितवनमा रहेको ताज होटलको आसपासको एरिया

मेघौलीको सानको रुपमा स्थापना भएको ताज होटल सँगै अन्य दुइओटा होटल पनि बन्ने भएपछि जग्गा किनबेचमा चलखेल शुरु भएको हो ।

राप्ती बेतरी नदीसँगै रहेको चितवन राष्ट्रय निकुञ्जको विवास्पद र सार्वजनिक जग्गामा समेत पर्खाल लगाउन सुरु गरिसकेको तथ्य फेला परेको छ । त्यस्तै ताज होटल सँगै रहेको जग्गामा पर्खाल पनि लगाउन सुरु गरिसकेको स्रोतले बताएको छ । विवास्पद जग्गालाई आफ्नो बनाएर महङ्गो मुल्यमा बेच्ने चलखेल भइरहेको भएता पनि अन्य निकाय भने मौन नै रहेको पाईएको छ । बिवास्पद जग्गा भएको तथ्य खुलेपछि बैंकले समेत लोन दिन आनाकानी गरेको छ । बैंकले त्यहाँ लगानी गरेमा लगानी समेत डुब्ने खतरा रहेको स्रोतले बताएको छ ।

भु-माफिया किन सक्रिय भए

चितवन निकुञ्जसँग जोडिएकाले मेघौली वाइल्ड लाइफ पर्यटनको आकर्षक गन्तब्य हो । २०२२ सालमा निकुञ्जभित्र टाइगर टप्स होटल खुलेपछि मेघौली देशभर चिनिएको थियो ।

नारायणी नदी र राप्ती नदीको संगमस्थल गोलाघाटबाट साँझपख सूर्य अस्ताएको दृश्य अनुपम देखिने हुदाँ पर्यटक लोभिने प्रबल सम्भावना रहेको छ ।

त्यसैले पनि प्राकृतिक सुन्दरतासँग रमाउन पर्यटकहरु आउने सम्भावनालाई मध्यनजर गर्दै माफियाहरुले आफ्नो धन्दा सुरु गरेको हुनसक्ने स्रोतको दाबी छ ।

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु