पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना


चारआली । दक्षिणी झापाको कचनकवल गा.पा वडा नं. ५ पाठामारी मा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ। नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बि.ओ.पि स्थापना गरिएको हो। आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति डिआजी वंशिराज दाहालले सयुक्तरूपमा उदघाटन गर्नुभएको थियो ।

उक्त बि.ओ.पि. मा सशस्त्र प्रहरी निरिक्षको कमाडमा पचास जान रहने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा.का गणपति रमेश कुमार पाण्डेले बताए । सो स्थानमा बि.ओ.पि स्थापना भएसगै सिमा सुरक्षा , चोरी तस्करी को नियन्त्रण हुने बताईएको छ । भारत सग सिमा जोडिएको झापाको १४४ कि.मी क्षेत्रमा १८वटा बि.ओ.पि रहने छन । जसमा १० वटा स्थापना भएका छन ।

बाकी ८ वटा स्थापनाको चरणमा रहेका छन । स्थापना भएका वि.ओ.पि मा काकडभिट्टा , गौरीगंञ्ज, टागनडुब्बा, केचना, पृथ्वीनगर, बाहुनडागी , घेराबारी, भागडुब्वा, र कुञ्जिबारी रहेका छन । यस्तौ ज्यामिगढी, तिरिङ, नकलवदा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा यसै आथिक वष भित्र बि.ओ.पि स्थापना हुने बताईएको छ ।

उदघाटन कायकममा कचन कवल ग.पा बडा नं ५ का बडा अध्यक्ष महेशलाल गणेश , जिल्ला प्रहरी झापाका प्रमुख कुष्ण कोइराला , सशस्त्र प्रहरी ३८ गण हे.क्वा. का प्रमुख सुवाश भण्डारी , प्रेम भण्डारीलगायतको आथ्थियता रहेको थियो ।

(Visited 68 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु