धुलावारी जुनियर जेसीजको तेस्रो जन्मोत्सव


धुलावारी । धुलावारी जुनियर जेसीजको जन्मोत्सवको अबसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । तेस्रो जन्मोत्सवको अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा बृक्षरोपन गरिएको हो ।


सोही अबसरमा सुबोध साधना केन्द्र बाल आश्रममा रहेका बालबालिकालाई कपी पेन्सील, पाठय पुस्तक वितरण मिठाई वितरण गरिएको छ ।
प्रदेश सासंद गोपाल बुढाथोकी प्रमुख आथित्यमा सम्पन्न कार्याक्रममा बालकृष्ण थपलिया, युवा संघ नगर कमिटी अध्यक्ष सरोज मेहरा, राजु धिमाल, सन्तोष धमाला, सुलभ भण्डारी, आषिस पौडेल, जान्बी दाहालको उपस्थिति रहेको थियो ।


अध्यक्ष धूलाबारी जूनियर जेसीजको अध्यक्ष बिजेता डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रम संयोजन सचेत घिमिरे गरेका थिए । कार्यक्रमको सञ्चालन स्नेहा भण्डारीले गरेकी थिइन् ।

(Visited 75 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु