अरिस्ता बचाउन खरो सञ्चारकर्मीको पहलमा जुट्यो सहयोग


धुलाबारी । दुवै मिर्गौला खराब भई जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी १७ वर्षीया अरिस्ता परियारलाई सहयोग जुट्ने क्रम जारी छ ।
विगत २ महिनादेखि मिर्गौला खराब भएपछि डायलसिस गराईरहेकी उनको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटिरहेको हो ।
त्यसक्रममा सञ्चारकर्मी खगेन्द्र घिमिरे(खरो) ले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेसँगै सहयोग जुट्दै आएको छ ।
सार्वजनिक आह्वानपछि जुटेको सहयोग रकम अरिस्ता परियार बचाउ अभियान समितिलाई बुधबार हस्तान्तरण गरिएको छ ।
उनलाई बचायन सहयोग गर्नेहरुमा बिर्तामोड निवासी प्रमिला भेट्वाल(१० हजार रुपैयाँ), दुर्गापुरकी उषा प्रसाईं (२ हजार), ज्यामिरगढीका उमाकान्त गौतम(१ हजार), युधिर बस्नेत( ५ सय) र रिदिमा घिमिरे(५ सय रुपैयाँ ) छन् ।


सामाजिक क्षेत्रमा क्रियाशील बिर्तामोड निवासी प्रमिला भेट्वालले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम प्रदान गरकी हुन् ।
संकलित सो रकम उक्त समितिका सचिव ध्रुव कनाल र सदस्य मीना गजमेरलाई प्रदान गरिएको बताइएको छ ।
सो कार्यक्रममा आमा लक्ष्मीले बिरामी छोरी अरिस्तालाई बचाउन सक्दो सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेकी छन् ।

 

(Visited 51 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु