सशस्त्र प्रहरीद्वारा ८ लाख ७१ हजार बढीको सामान बरामद


चारआली । सशस्त्र प्रहरी बल झापाले अवैध सामान बरामद गरि भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल २ नं हेडक्टरले गएको दस दिनको अबधिमा ९ लाख बराबरका विभिन्न सामान बरामद गरि भन्सार बुझाएको हो ।
गणले एक लाख ८ हजार ८ सयको लत्ताकपडा, चार लाख २८ हजार ५ सयको मोटरपार्टस, सुपारी र जुत्ता चप्पल, दुई लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको एसियन पेन्टस र युरीया मल छ ।


त्यस्तै साठी हजार ८ सय २० रुपैयाँको बिँडी र सुर्ती, चौध हजार ९ सय ६० रुपैयाँको मोटरसाइकलका पार्टसहरु र पच्पन्न हजार २ सय ४० रुपैयाँ बराबरका किराना सामान नियन्त्रणमा लिई भद्रपुर र मेची भन्सार कार्यालय बुझाईएको गणका गणपती रमेश कुमार पाण्डेले बताए ।
सशस्त्र प्रहरीको गण, बोर्डर आउट पोष्ट तथा सुरक्षा वेसहरूले अवैध सामान बरामद गरका थिए । भारत बाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको उक्त सामान नियन्त्रणमा लिईएको पाण्डे बताए । लकडाउन को मैका छोपी रातको समयमा झापाका विभिन्न नाका बाट सामान तस्करी हुँदै आएको छ ।

(Visited 92 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु