‘आमाबुवा’ शब्द आफैमा कति प्यारो छ है ?


‘आमाबुवा’ शब्द आफैमा कति प्यारो छ है ? आमा नभए आमाको न्यास्रो लाग्ने र बुवा नभए बुवाको । र सबै भन्दा धेरै नराम्रो त त्यसबेला लाग्छ जब दुबै आमाबुवा परदेशिनु हुन्छ । परदेशिनु कसैको रहर नहुँदो रहेछ, बाध्यता रहेछ । कुनै पनि सन्तानलाई आफ्नो आमाबुवाको काखमा खेल्दै हुर्किन पाउनु भन्दा ठूलो भाग्यको कुरा अरु के हुन सक्ला र ?  ५/६बर्षकी सानी नानी जसलाइ उनको आमाबुवाले घरमा हजुरआमालाई जिम्मा लगाएर बिदेश जानू भयो । केही बाध्यता नभई आफ्नो हुर्किरहेका सन्तानलाई छोडेर जान कहाँ मन लग्दो होला र ! रहर त हुन्थ्यो होला छोरीसङ्ग खेल्ने र उनलाई सधै आफ्नो आँखाको अगाडी राख्ने । भनिन्छ हामीले समय र परिस्थिति अनुसार चल्न सिक्नु पर्छ । त्यसैगरि समय, परिस्थिति र अफ्नो दुखले आमाबुवालाई परदेश डोहोर्यायो  ।

ससाना कुरामा रमाउने ती अबोध नानीलाई बिदेश जानु भनेको के हो पनि राम्रोसँग बुझ्दिन थिइन् । उनको मनमा बिदेश भनी सक्दा यहि आउँथ्यो कि पछि आमाबुबा आउँदा धेरै मिठाई र राम्रो नाना ल्याइदिनु हुन्छ भनेर । आखिर ती नानी बच्चै त थिइन् । उनको स्वभाव त्यस्तो सबैसङ्ग घुलमिल हुने खाल्को अलि थिएन र त्यति साथिहरु पनि थिएनन । उनको लागि आफ्नै घरको आँगन नै प्यारो थियो । छरछिमेकले पनि यसका आमाबावु साथमा छैनन भनेर माया नै गर्थे । बिस्तारै उनी ठूली हुँदै गइन् र बुझ्ने हुँदै गइन ।उनलाई आफू सङ्गै अफ्नो आमाबुबा नभएकोमा खिन्न लाग्न थाल्यो । उनलाइ धेरै मिठाई र राम्रो लुगा भन्दा पनि आमाबुबाको साथ रोज्न मन लाग्यो । तर मन लग्दैमा सबै कुरा कहाँ पाइन्छ र ! बच्चा हुदा उनको कपाल छाेटाे केटाको जस्तो बनाएर काटिदिनु हुन्थ्यो तर उनलाई ठूली हुँदै गए पछि लामो कपाल पाल्न मन लाग्यो । कपाल लामो बनाउन रहर त गरिन, स्कूल जाने बेला उनलाई रिबनको फुल बनाउन आउँदैनथियो । घरबाट निस्किदा जसो तसो कपाल अड्याएर निस्किन्थिन र स्कुलमा साथीसङ्ग रिबनको फूल बनाउन लगाउथिन । बिस्तारै अब मलाई आमाबुवा चाहिन्छ भन्ने लग्न थल्यो । नलागोस् पनि कसरी ?
आफ्ना आमाबुवासङ्ग उनको कुरा नै महिनामा एक पटक हुन्थ्यो ।कहिले काहीँ त दुई महिनामा एक पटक। त्यस बेला त सानो फोन हुन्थ्यो अब नेटबाट अन्लाईन कुरा गर्ने त कल्पनाकै अवस्थामा थिए । जब स्कूलमा खाजा खाने समय हुन्थ्यो सबै साथीको आमाहरु खाजा लिएर आउनु हुन्थ्यो । त्यो बेला उनलाई एकदम रहर लग्थ्यो कि मेरो आमाले पनि यसरी नै मेरो लागि मिठो खाजा लिएर आउनु होस भनेर । त्यस्तै सोच्दै आफ्नो बट्टामा भएको मुरै र भुजा चुपचाप खान्थिन। तेति मात्र हैन स्कुल बिदा भए पछि सबै जान गेटबाट बाहिर निस्किदा सबैको बुबा लिन आउनु भएको हुनुहुुन्थ्यो । ती नानी भने आफ्नो ब्याग आफै बोकेर हिड्दै हिड्दै घर जन्थिन् । घर पुगुन्जेल सम्ममा उनको मनमा धेरै कुराहरु खेल्थे। उनी घर पुग्दा हजुरआमाले भुटेको भात खाजा बनाई दिनु भएको हुन्थ्यो र त्यहि खाएर उनी पढ्न बस्थिन् ।
उनी दिनदिनै ठूली हुँदै जाँदै थिइन । उनको कक्षा पनि बढ्दै गयो, उनी ८ कक्षामा पढ्ने भइन । उनलाई कक्षामामा menstruation अर्थात महिनवारीको बारेमा पनि बुझाइयो । नभन्दै उनलाई पनि पहिलो महिनावारि भयो । उनको लागि खुशीको कुरा के थियो भने , उनको त्यो आतिने बेला, डराएको बेला भाग्यबस उनको आमा बिदेशबाट आइपुग्नु भएको थियो। उनले त्यहि बेला अफ्नो आमाको मायाको आभास गरेकी थिइन । एक बेला यस्तो आउने रहेछ जहाँ आफ्नो लागि सही र गलत के हो भन्ने कुरा नै छुट्टाउन नसक्ने र साथीहरूको लहैलहैमा लाग्ने । त्यो बेला आमाबुवाको धेरै ठूलो भूमिका रहन्छ । को आफ्नो को टाढाको हो भन्ने देखि लिएर बोल्ने सभ्यता सबै कुरामा आमाबुवाको सिकाइमा भर पर्छ । यदि आमाबुवा नहुदा पनि राम्रो वातावरणमा हुर्किदा सायदै नराम्रो बाटो पक्कै नरोज्लान । मानौ नमानौ कहीँ कतै आमाबुवा धेरै समय टाढा रहदा उहाँहरु प्रति नानीको लगाव नै कम्ती हुन जाने रहेछ। पछि ठुलो हुदा सम्म पनि मलाई जब आमाबुबाको माया र साथ चाहिएको थियो तब मैले पाउन सकिन भन्ने सधै मनमा लागि रहन्छ ।
(Visited 121 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु