‘ढुक्क हुनुहोस्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन अब मेरो हातमा’


काँकरभिट्टा । ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख कृष्ण बहादुर प्रधानले काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिवद्ता व्यक्त गरेका छन् । ट्राफिक प्रंहरी विट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रधानले सोमवार पत्रकारसँगको कुराकानी गर्दै काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताएका हुन् ।

एक साता अघि ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हाल्न आएका प्रधानले प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट आएका हुन् । सीमा क्षेत्रमा उनको जिम्मेवारी पहिलो पटक भएपनि यहाँको समस्या सँग जानकार रहेको उनले बताए ।


उनले भने– नेपालका अन्य सहर भन्दा यो सहरमा ट्राफिक व्यवस्थापन भिन्न छ तर सबैको सहयोगमा मेो कार्याकाल सफल हुनेमा म विश्वस्त छु ।’ ‘प्रहरीको मात्र सक्रियतामा सफलता प्राप्त गर्न नसकिने भन्दे उनले सबैको सहयोग भएमा काँकरभिट्टामा ट्राफिक व्यवस्थापनमा आफ्नो टिमले सफलता प्राप्त गर्नेछ । उनले भने– ढुक्क हुनुहास्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन अब मेरो हातमा छ । उत्कृष्ठ व्यवस्थापनमा म लाग्नेछु ।’

 

 

(Visited 235 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु