लेनदेन निहुँमा साथीको हत्या


झापा । झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरिएको जिल्ला प्रहरी झापाका प्रमुख कृष्ण कोइरालले जानकारी दिए ।

दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले वयान दिएको उनले वताए । प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ ।

(Visited 165 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु