किम जोंग उनले बहिनीलाई दिए यति ठूलो जिम्मेवारी !


कोरोना भाइरस र वैश्विक प्रतिबन्धले उत्तर कोरियाको अर्थव्यवस्था डामाडोल भएको छ । जसका कारण उत्तर कोरियाली तानाशाह किम जोंग उन निराश भएका छन् ।

त्यसैले पनि उनले अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने जिम्मेवारी आफ्नी बहिनीलाई लगाएका छन् ।उनले सत्तारुढ पार्टीका नेताहरुको एक सभामा देश अप्रत्याशित र अपरिहार्य चुनौतिसँग साम्ना गरिरहेको बताएका हुन् ।जसका कारण विकासको लक्ष्यमा ढिलाई भएको उनले बताएका छन् ।

उत्तर कोरियाली मिडियाका अनुसार बैठकमा खराब अर्थव्यवसको लागि सबैभन्दा ठूलो कारण प्रतिबन्ध भएको बताइएको छ ।

यो बाहेक बाढी र कोरोना भाइरस महामारीले उत्तर कोरियाको अर्थव्यवस्था दुई दशकमा सबैभन्दा नराम्रो स्थितीमा रहेको छ ।

उत्तर कोरियाको यो अवस्थालाई लिएर दक्षिण कोरियाका सांसदहरुले पत्रकारहरुलाई देशको जासूसी एजेन्सीका अनुसार किमले सियोल र वाशिंगटनसँग सम्बन्ध राम्रो बनाउनका लागि आफ्नी बहिनी किम यो जोंगलाई जिम्मेवारी दिएका छन् ।इन्टरनेशनल क्राइसिस ग्रुपमा पूर्वोत्तरु एशिया र परमाणु नीतिका वरिष्ठ सल्लाहकार डुयोन किमले सर्वोच्च नेताको रुपमा किमले आफ्नो अधिकार त्याग्ने र साथै बिस्तारै बिस्तारै गरेर सत्ता जिम्मा लगाउने रणनीतिमा उनी रहेको बताएका छन् ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु