इमेची डटकमलाई काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाशको बधाई


इटाभट्टा । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय समाचारलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेकोमा इमेची डटकमलाई बधाई दिएका छन् ।

बिहीवार इमेची डटकमका सम्पादक प्रकाश पौडेललाई टेलिफोन गर्दै इमेची डटकमले प्रकाशन गरेका समचार सामाग्रीले स्थानियहरुको मन छुन सफल भएको बताएका हुन् ।

‘म काठमाण्डौं बसेर इमेची डटकम मार्फत जिल्लाको समाचार हेरिरहेको छु’ उनले भने– ‘सञ्चारका क्षेत्रमा इमेची डटकमले पुर्याएको योगदानको म सम्मान गर्छु’ । इमेची डटकममा प्रकाशित हरेक समाचार आफुले हेर्ने गरेको उनले बताए ।

बिहीवार दिउँसो ३ बजेर ९ मिनेटको समयमा इमेची डटकमका सम्पादक पौडेललाई प्रवक्ता शर्माले टेलीफोन गरेर इमेची डटकमका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

(Visited 107 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु