“बैठक “


रुपसागर अधिकारी

प्रायः दोहोरीरहने नेतृत्वको  उपस्थितिमा
भरिभराउ कोठा ,
कोठा भित्र दर्शक दीर्घामा कतै कूनामा बसेका
उर्जाशिल अनि एकसाइटेड  अनुहारहरू ।

अघिल्तिर  बसेका तपाईका / मेरा / हाम्रा प्रमुखहरू ,
पछिल्तिर बसेका / उभिएका यूवा पंक्तिहरू ।
माथिल्तिर“सान्दाई”  को बडेमानको तस्वीर ,
तल राखिएका बहुमूल्य जस्तो देखिने बस्तुबाट बनेका कुर्सीहरू  !!

विचार सम्प्रेषण गर्ने अघिल्लो लहरमा बस्नुभएका प्रमुखहरूको
प्यास मेटाउन राखिएका मिनरलवाटरका बोटलहरू ,
मिनरल वाटरको बोटल  माथिल्तिर
प्यासी “ लौहपुरुष  र सन्तनेताका“ तस्विरहरू ।
अनि “सान्दाई” ले परिकल्पना गर्नू भएको
समाजबादको सपना देख्न ,
ठेकेदारले खुट्टी लगाइदेर टक्क अडिएको
प्रजातान्त्रिक टेबलहरू ।

यो बिचमा सुरु हुन्छ उहि प्रवृत्तिको
सधै जसो , जहिले तहिले एउटै पाराको आशन ग्रहण ,
अनि , नजिकिदै गरेको कुरुक्षेत्रको लड़ाई लड़न
तयार पारिएको एक थान अर्जुनको स्वागत मन्तव्य !

छलफल हुन्छ ।
मनोवैज्ञानिक रूपमा निर्णय भईसकेका
तर लिपिबद्ध हुन मात्र बाँकी रहेका प्रस्तावहरू
कुनै मीठो  र  सूरीलो , कुनै चिप्लो ,  खस्रो र कर्कश सुनिने ,
दर्शकदिर्घाबाट आउने  तर  सुनेर उडाइँने आवाजहरु !
कार्यवहन नगरिने तर राख्न मात्र पाईने तर्कहरु !

मक्ख बनाउने थपड़ीहरू !
बिरक्त्याउँने कानेखुशीहरु !!
अन्त्यमा सहिछाप लगाइन्छ
जीवन्त आत्माको हातबाट , रेडीमेड निर्णयहरू ।

माथिल्ल्तिर सान्दाई
अनि , अलिक छेउमा ,
प्यासी लौह पुरुष अनि सन्तनेताका
उदेक मानेर ,
हामीलाई घुरिरहेको जस्तो देखिने प्रिय तस्विरहरू ।

जय नेपाल !

( प्रज्वल घिमिरेको “हैप्पि भेलेनटाइन” सुने पछी आएको भावना

(Visited 250 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु