बुद्ध एयरको नयाँ भाडादर : अब ३ हजार ४ सय रुपैयाँमा भद्रपुर–काठमाडौं


भद्रपुर । बुद्ध एयरले काठमाडौं –भद्रपुर भाडादर ३ हजार ४ सय कायम गरेको छ । बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको हो ।
१ भदौदेखि सुरु हुने आन्तरिक तथा बाह्य उडानलाई केन्द्रित गर्दै बुद्धले एकतर्फी भाडादर सार्वजनिक गरेको बुद्ध एयरका स्टेसन मेनेजर ओम प्रधाङगनले बताए । उनका उनुसार भद्रपुर–काठमाडौं दैनिक दुई उडान हुनेछ ।
नयाँ भाडादरअनुसार पोखराको १ हजार ९०० रुपैयाँ तोकिएको छ। धनगढीको भाडादर ५ हजार ४०० छ ।
त्यस्तै विराटनगर ३ हजार, नेपालगञ्ज ४ हजार २०० एकतर्फी यात्रा गर्न सकिनेछ। भैरहवा र जनकपुरको लागि समान २ हजार ७०० भाडा तोकिएको छ।
बुद्ध एयरका अनुसार यात्राका क्रममा तापक्रम जाँच, ह्याण्ड स्यानिटाइज तथा फेससिल्डको प्रयोग अनिवार्य गरिएको छ।

(Visited 277 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु