आदरणीय काका (सम्पूर्ण सम्मानित अग्रज काकाहरू प्रति समर्पित )


रूपसागर अधिकारी

आदरणीय काका !
उहिले उहिले बिपीहरु हुँदा ,
तपाई ,तपाईको जवानीमा कांग्रेस हुदा ,
काँग्रेस काँग्रेसबीच आत्मियता थियो रे ।
सद्भाभाव अनि प्रेम थियो रे ।

तपाईले ति दिनमा गरेका संघर्षका कथा
त्याग , बलिदान अनि तपाईहरूका व्यथा
उहिले उहिले तपाई ,
जवानीमा काग्रेस हुदा …….

त्यो बेलाको तपाईको हिम्मत सुनेर ,
मलाई तपाईको मन खोलेर प्रशंसा गरू कि जस्तो लाग्छ ,
तर तपाईको प्रशंसा गर्नु अघि मैले धेरै सोच्नु पर्छ ,
मेरो मालिक म संग रिसाउछ कि भनेर मैले बुझ्नुपर्छ ।

एउटा क्याट वाला नेतालाई सामान्य जोरो आउँदा ,
“गेट वेल सुन” भनेर लेख़्न प्रतिस्पर्धा गर्ने मेरा औलाहरू ,
तपाईलाई “ बधाई अनि शुभकामना” भनेर लेख़्न काँप्छ ,
काका , मैले मेरो कलमलाई मेरो मालिकको पाउमा बन्दगी राखेको छु ।

म तपाईको खुलेर प्रसंशा गर्ने सक्दिन ,
तपाईको सम्मानमा म एक शब्द खर्चिन पनि सक्दिन ,
मलाई तपाई अमर बन्नुहून्छ कि भन्ने डर छ ,
मैले मेरो आत्मा बन्दगीमा राखेको छु ।

म मैले चाहेको बोल्न सक्दिन , लेख़्न सक्दिन ,
मेरो आवाज , आत्मा अनि कलम मालिकको पाउमा बन्दगी राखेर ,
म बिपीको सपना पूरा गर्ने लागीरहेको छु ,
अहिले तपाई बुढो अनि म तन्नेरी कांग्रेस हुदा …….

(Visited 359 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु