लघुबित्तका समस्या र चुनौतीहरु


हाम्रो नेपाली घर गाँउ समाजमा, आज फलानोका घरमा समूह छ अरे भन्दै श्रीमती, आमा, दिदि बहिनिहरु हतार हतार हातमा खाता च्यापेर कुद्नु हुन्छ । समूह र केन्द्रमा बसी बचत गर्नुहुन्छ र ब्यवसाय देखाएर कर्जा समेत प्राप्त गर्नुहुन्छ । लघुबित्त संस्थाबाट आएका कर्मचारीले सबैलाई समूहमा बसाई प्रर्थना गान तथा स्वाबलम्बन गान गराई कारोवार सुरु गराउछन । केन्द्र प्रमुख तथा समूह प्रमुखले कर्मचारीलाई हिसाब किताब गर्न सहयोग गर्दछन । कारोवार पुरा भएपछि संस्थाका कार्यक्रम तथा अन्य बिषयहरुमा संक्षिप्त चर्चा हुन्छ । कर्जा माग छ भने माग गर्ने कार्य समेत हुन्छ । सबै कार्यसमापन पश्चात कर्मचारी हिसाब, कागजात तथा संकलित रकम बोकेर कार्यालय तर्फ जान्छन । पाक्षिक वा माषिक रुपमा हुने उक्त बैठक नियमित रुपमा यसै गरी संचालन गरी सम्पन्न हुने गर्दछ ।

बैँकिङ्ग तथा वित्तिय सेवाको पहुँचबाट दुर भएकाहरुका लागी लघुबित्त बरदानको रुपमा रहेको छ । गरिब तथा विपन्न बर्गका मानिसहरुको स्त्तरोन्नती तथा गरिबी निवारणमा महत्वपूर्ण लक्ष्य लिएको लघुबित्त संस्थाले वित्तिय सहभागिता, पहुँच र समावेशिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ । लघुवित्तको मुख्य उद्देश्य भनेको नै विस्वको वित्तिय पद्धतीलाई साधारण पद्धतीद्वारा परिवर्तन गर्दै, लक्षित बर्गलाई सहज रुपमा घर दैलोमा पुगी वित्तिय पहुँच बृद्धि गराउदै, तथा साक्षर बनाउदै शिप तथा ब्यवसाय प्रर्बद्धनका साथै गरिबीबाट माथी उकास्नुनै रहेको हुन्छ ।

बाङलादेशका अर्थशास्त्र सम्बन्धि प्रोफेसर मोहम्मद यूनुस जस्ले सन २००६मा नोबल पिस प्राईज समेत प्राप्त गरेका थिए उनीबाट प्रतिपादित पद्धती हो लघुबित्त, जुन हाल दक्षिण एसियालि मुलुकहरु जस्तै बाङलादेश, पाकिस्थान, भारत र नेपालमा चर्चित वित्तिय प्रणाली तथा गरिवि रुपान्तरणको सहायक बन्न सफल भएकोे छ । लघुबित्तिय कारोवारले महिलाहरुलाई उद्यमशिल, सक्षम, सबल र साक्षर बनाउने कार्य गर्न एकदमै सहयोगीको भूमिका निर्वाह गरेको छ ।
सन २००० सालको सुरुवात देखि नेपालमा निजी लघुबित्त र गैर सरकारी संगठनले यो कार्यक्रमको सुरुवात गरेको हो । गा्रमिण मोडलमा निर्धन उत्थान बैँक, सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्ट जस्ता संस्थाबाट नेपालमा लघुबित्त कारोवार सुरु भएको हो ।

यसको ब्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैँकले लिएको छ साथै बैक तथा वित्तिय बर्गिकरणमा ‘घ’ बर्गमा राखी प्रदायक संस्थाहरुलाई कारोवारको इजाजत समेत प्रदान गर्ने गरेको छ । समुचित श्रोत र साधनको परिचालन गर्दै, विपन्न बर्गका मानिसहरुलाई सक्षम र वित्तिय रुपमा मजबुत बनाउने नेपाल राष्ट्रबैँकको लक्ष्य तथा सरकारको रोजगारी, स्वरोजगारी र बस्तु तथा सेवाको उत्पादकत्व बृद्धिको लक्ष्यमा समेत लघुबित्तले टेवा पु¥याउदै आएको छ ।

लघुबित्त बाट प्रदान हुने गरेको स–साना कर्जाहरुबाट करिब ६६ प्रतिशत सेवा तथा बस्तुको उत्पादन तथा बाँकी ४४ प्रतिशत घर घरायसी तथा अन्य खर्चको रुपमा खपत हुने गरेको एक र्सवेक्षणले देखाएको छ । लघुबित्त संस्थाले कारोवार संचालनका दौरान विभिन्न किसिमका समस्याहरु समेत भोग्ने गरेका छन । ग्रामिण भेग अझ विकट क्षेत्रका जनतामा पहुँच पुर्याउन सिमित भौतिक पूर्वाधार तथा सो क्षेत्रमा आर्थिक अवसरको कमी रहेको छ । बाटा घाटा तथा अन्य पूर्वाधारहरुको बिकाशमा सरकारले भूमिका खेल्नुपर्ने देखिन्छ ।

अत्याधिक धेरै लघुबित्त प्रदायक संस्था भए पछि प्रतिष्प्रर्धा पनि तिब्र अनी अस्वस्थ्य बन्दै गएको छ । एकै सदस्य दोहोरिने र बहुकर्जा उपयोग गर्ने, क्षमता भन्दा अधिक कर्जा संकलन गर्ने, दुरुपयोग गर्ने जस्ता प्रबृत्ति ग्राहक तथा सदस्यमा देखा पर्दै गएको छ । यसको दिर्धकालिन समाधान भनेको कर्जा संभाब्यताको राम्रो अध्ययन तथा बिश्लेषण र केन्द्रिय निकाय बाट मर्जर सम्बन्धि पहलनै हुन सक्छ । विभिन्न सहकारीहरुले पनि लघुवित्त तथा लघुकारोवार संचालन गर्दे आएका छन जो आफैमा शाख सूचना सँग आबद्ध नभएका कारणले गर्दा समेत सूचना प्रणाली चुस्त हुन सकेको छैन । सिघ्र अति सिघ्र सरकारी तवरबाट वित्तिय रुपमा कारेवारीहरुको संजाल र सूचना आदान प्रदान गर्ने प्रणालीको बिकाश गरिनुपर्दछ ।


हाम्रो समाज जतिसुकै आधुनिक बने पनि, सभ्य बने पनि, समतामुलक छ भनेर नारा घन्काए पनि आज सम्म केही कुरिति र कुसंस्कारको जरै बाट उन्मलुन हुन सकेको छैन । छुवाछुत, जातिय विबेद तथा दलित प्रथा कानुनले जति सुकै बर्जित गरेपनि एकै समाजमा रहेका ब्यक्तिहरुबिच हुने गरेको यथेष्ट प्रमाणहरु छन । यस किसिमका समस्याहरुलाई निमिटयान्न पार्न ब्यक्तिगत तथा सामाजिक बदलाब आवश्यक हुन्छ र त्यसका लागी लघुबित्तले समेत शिक्षा तथा चेतनास्तर बृद्धि गर्न अहम भूमिका निर्वाह गर्ने चुनौती रहेको छ ।

लघुबित्त कार्यक्रम विपन्न बर्गका मानिसहरुको आर्थिक, सामाजिक र समग्रमा जिवन स्तर उन्नतीका लागी संचालन भएतापनि यसले अझै अपेक्षा गरिएको सफलता हासिल गर्न सकेको छैन । ग्रामिण क्षेत्रमा सहज रुपमा कर्जाको उपलब्धता एक वरदान हो भने साना ब्यवसायीहरुलाई भने अर्काे पक्षमा घातक पनि हुने गरेको छ । लिएको कर्जाको रकम सदुपयोग नगरी खर्च गरी मास्ने, धेरै संस्थाबाट लिएको बहुकर्जा एक अर्काको किस्ता मिलानमा प्रयोग गर्ने, बिषयान्तर गरी कर्जाको दुरुपयोग गर्ने, अर्काको नामको कर्जा प्रयोग गर्ने प्रबृत्ति देखिदै आएको यस शन्र्दभमा शाख सूचनाले केही हद सम्म न्यूनिकरण गर्न सहयोग गरे पनि धेरै जसो समस्या जटिल भएपश्चात मात्र थाहा हुने गरेको छ ।

लघुबित्त संस्थाले कर्जा प्रवाह गर्न अनावश्यक रुपमा कर्मचारीहरुलाई प्रेशर दिदा वा अनावश्यक अधिकार प्रतयायोजन गरिदा उनीहरुले कर्जा जथाभावी वितरण गर्ने, अपनाउनु पर्ने सामान्य मापदण्ड समेत पुरा नगर्ने वा किर्ते जाल साजी गर्ने, कागजपत्र नक्कली राखी छली गर्ने, ब्यक्तिगत रुपमा कर्जाको उपचलन गर्ने, भ्रष्टाचार गर्ने जस्ता क्रियाकलापहरु बढेका शन्र्दभमा नियमनलाई अत्यन्तै कढाईका साथ पालना नगरे संस्थाको हान्ती तथा सदस्यको दुर्गती हुन्छ ।  लघुबित्तको मुल मर्म अनुसार स–साना कर्जा प्रदान गरी त्यस्को उचित परिचालन बाट सदस्यहरुलाई ब्यवसायिक बनाउने हो । लघुबित्तको नियम अन्तर्गतका चक्रहरु तेडी एकै पटकमा ठुलो कर्जाहरु दिने, कर्जा मुल्याङकन प्रभावकारी रुपमा नगर्ने, धितो आदी संभावित जोखिमको सुरक्षणको ब्यवस्था नगर्ने लगायतका तौर र तरिकाले पनि ठुलो जोखिम निम्त्याएको देखिन्छ ।

लघुबित्त संस्थाले सहज ढङ्गबाट ग्राहक वा सदस्यलाई समूह जमानतमा उच्च ब्याजदरमा कर्जा प्रदान गर्ने गरेको छ । कहिले काँही उक्त कर्जाको किस्ता तिर्न नसक्दा सामुहिक रुपमा जमानतहरुबाट तागेता तथा प्रेशर हुन्छ । ब्यवसायको अवस्था खचकदा तथा अन्य आर्थिक आम्दानीका श्रोतका बाटा समेत बन्द हुदाँ आर्थिक रुपमा आफु डुबेको सम्झी आत्महत्या समेत गर्ने गरेको कालो यथार्थ रहेको छ । यो स्वंय ग्राहकको कमजोरी वा प्रदायक संस्थाको लापरबाहीले समेत हुन सक्छ । त्यसकारण यस किसिमका घटनालाई न्यूनिकरण गरी त्यस्ता ग्राहक वा सदस्यहरुलाई पहिचान गरी उनीहरुको वस्तु स्थीती बुझी उपायहरु सुझाव दिने वा उनीहरुलाई वातावरण सहज गर्ने जिम्मेवारी समेत लघुबित्त प्रदायक संस्थाको हुन्छ । लघुबित्तले वित्तिय रुपमा अभिभावकत्व लिदै सदस्य वा ग्राहकको वित्तिय परार्मशदाताको रुपमा समेत कार्य गर्नुपर्दछ ।

लघुबित्त वित्तिय संस्थाहरुले वा भनौ बैँकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु अति कम गर्ने गरेको पाईन्छ । सदस्यबाट अशुल गरेको ब्याज आम्दानी बाट नाफा कमाई लगानीकर्ताको झोला भर्नमात्र हैन तिनै सदस्यको हितका लागी निश्चित प्रतिशत छुट्याउनु पनि पर्दछ । यस बिषयमा सहकारी स्तर बाट संचालित लघुबित्त अगाढी रहेको छ र मुल मर्म अनुसार सदस्यलाई उच्चतम प्रतिफल प्रदान गर्दै कारोवार संचालन गर्ने गरेको पाईन्छ । योगदानमा आधारित संरक्षित पूँजीफिर्ता कोषको समेत ब्यवस्था गरेकोले यो एक कदम अगाडी रहेको छ ।

लघुबित्त संस्थाले कमाएको मुनाफा बाट कर तिरी, कोषहरुमा विनियोजन गर्नका साथै लाभांशको रुपमा शेयर सदस्यलाई प्रतिफल प्रदान गर्ने गर्दछ । यस्तो लाभांश अन्य बैँक, वित्तिय संस्था वा सहकारीहरुको भन्दा अध्याधिक रहने हुनाले लगानीकर्ताको चासोको बिषय बनेको छ । बर्षेनि हकप्रद शेयर थप्न पाउने ब्यवस्थाले गर्दा ने.रा.बैँकले तोकेको पुँजी पर्याप्तता सहजै पुग्ने गरेको छ । यस कारण पनि संस्थाहरु मर्जरमा जान चाहदैनन । एकातर्फ अत्याधिक धेरै संस्था अनि सदस्यमा गएर सेवा दिदाको विभिन्न संस्थाहरुको योग लागत धेरै रहेको छ भने अर्कातर्फ सदस्य दोहोरिने, बहु कर्जा लगानी हुने लगायतका जोखिम झेल्नु परेको छ । नेपाल राष्ट्र बैँकले मौदि«क नीति २०७७।०७८मा ब्याजदर सिमा लगाएर १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाईने ब्यवस्था गरेको छ यसले पक्कै लघुबित्त संस्थाहरुलाई मर्जरमा जान संकेत गरेको हुनुपर्छ । राहत रुवरुप लिने श्रोतको थोक कर्जामा समेत दर परिवर्तन गरी १ प्रतिशत बाट ०.५ प्रतिशत बनाएको छ ।

लघुबित्त संस्थाहरुले संचालन खर्च अत्याधिक बहन गर्ने गर्दछन । यस शन्र्दभमा उक्त खर्च न्यूनिकरण गर्न केन्द्र वा समूहलाई क्रियाशिल बनाउने, केन्द्र बैठकको अवधि र समय समायोजन वा ब्यवस्थापन गर्ने, कम जनशक्तीबाट कार्य संचालन गर्ने, आउट सोर्सिङ मार्फत कम लागतमा कार्यहरु सम्पादन गर्ने, सदस्यहरुलाई बचत गर्न प्रोत्साहन गर्ने आदी कार्यहरु गर्नुपर्दछ ।

लघुबित्त प्रदायक संस्थाहरुले कानुनी अड्चन समेत भोग्नु परेको अवस्था रहेको छ । ग्राहक वा सदस्यले नियतवश कर्जा नतिरे कर्जा अशुल गर्न समूह जमानतको विधि पुरानो असहज तथा कानुनी र सामाजिक तवरले समेत अब्यवहारिक रहेको हुदाँ नयाँ नीति निर्माण गरी कानुनको ब्यवस्था गरि अशुली सहजीकरण गर्ने बाटा खुलाईनु पर्छ । कर्जा लिने र तिर्न आनाकानी गरी राजनैतिक प्रश्रयमा जाने समस्याहरुलाई समेत तत्काल छिनो फानो गर्न फास्ट ट्रयाकमा वित्तिय मुद्धा हेर्ने न्यायालयको ब्यवस्था सरकारबाट गरिनुपर्दछ ।

सदस्य वा ग्राहकहरुले सामाजिक रुपमा भडकिलो खर्च गरी चाडवाड लगायतका ब्यक्तिगत तथा अन्य पर्वहरु मनाउने वा देखासिकी गरी कर्जा लिने र खर्च गर्ने परिपाटीको अन्त्यका लागी पर्याप्त शिक्षा प्रदान गर्ने, कर्जा बिश्लेषण तथा सदुपयोगिता प्रभावकारी बनाउने, सामाजिक उत्तरदायित्व अन्तर्गत मिले सम्म रहतको ब्यवस्था गर्ने कार्यहरु लघुबित्त प्रदायक संस्थाबाट हुनु पर्दछ ।

लघुबित्तका समस्या तथा चुनौतीहरु उत्तिकै रुपमा रहेको परिप्रेक्षमा लघुबित्त संस्थाहरुलाई, सकृय, प्रभावकारी, अपेक्षा अनुरुप, सदस्य हितकारी तथा उत्पादक बनाई लगानीकर्तालाई समेत उचित प्रतिफल प्रदान गर्नका लागी यसका गतिविधिहरुलाई शुक्ष्म ढङ्गले अध्ययन गरी नीति नियम समयानुकुल परिवर्तन र परिमार्जन गर्नु पर्दछ । प्रेफेसर मोहम्मद यूनुसको परिकल्पनाको लघुबित्तले त्यती बेला दम तोड्ने गर्दछ जतीबेला जथाभावी लघुबित्तको नियम परिमार्जन गरी कार्यान्वयन गर्ने गरिन्छ । लघुबित्तको मर्म र उद्देश्य प्राप्तीका लागी बरु थोरै लघुबित्त प्रदायक संस्थाहरु रहुन तर मर्म अनुसारकै संचालन बिधिबाट चल्नु पर्दछ । गरिबी स्तर न्यूनिकरण र निमिट्यान्न नभईञ्जेल अन्य बर्गमा लगेर गाभ्न खोज्नु सायद वित्तिय ककटेल भई समग्र प्रणाली धारासायी हुन सक्छ । सरोकारवाला, नीति निर्माता एवं नियामक निकायको शुक्ष्म बिश्लेषणको जरुरी रहेको छ ।

(Visited 365 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु