‘ओली सरकारको बिकल्प खोजिए ठुलो दुर्घटना हुन्छ’


मेचीनगर । झापाको पूर्वी नाका काँकरभिट्टामा सरकारको समर्थनमा प्रदर्शन गरिएको छ । मेचीनगरका यूवा बिद्यार्थीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका हुन् ।

लेखक : प्रकाश पौडेल

वर्तमान सरकारका प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिरबाट अनावश्यक घेरावन्दी गरिएको भन्दै युवाहरुले विरोध जनाएका छन् । केहि दिनदेखि ओली सरकार विरुद्ध भइरहेको षडयन्त्र विरुद्ध युवाहरुले खबरदारी गर्दै अहिलेको अवस्थामा ओली सरकारको विकल्प नरहेको बताएका छन् । उनीहरुले जनताको अभिमतले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीलाई विना कारण हटाउन खोज्नु दुर्भाग्य हुने चेतावनी समेत दिएका छन् । केप ीओलीको सरकारको विकल्प खोजीए दृर्घटना निम्तिने उनिहरुको तर्क थियो ।

काँकरभिट्टा बसपार्कमा भएका युवाहरुले नयाँ प्रधानमन्त्री आम निर्वाचन पछि मात्रै बन्ने हो भन्दै अस्थिरता निम्त्याउनेहरुलाई होसियार हुन चेतावनी दिइएको छ । उनीहरुले ओली सरकार जनताको सरकार रहेको भन्दै अनावश्यक झमेला सिर्जना नगर्न आग्रह गरिएको छ ।


प्रदर्शनमा सम्बोधन गर्दै नेकपा झापाका जिल्ला सदस्य टिका मंग्रातीले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । मंग्रातीले भने, झापाली नागरिकहरु तपाईको समर्थनमा छौं, अघि बढ्नुहोस् । उनले यसअघिका प्रधानमन्त्री र पार्टी नेतालाई जनताले जाँच गरिसहेको बताउँदै उनले जनताको चहाना विपरित प्रधानमन्त्री फेर्न खोजेमा ठुलो दुर्घटना हुने चेतावनी दिए ।
कार्याक्रममा यूवा नेता दिपक वराल चन्द्र प्रसाईलगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा ओली निकट मानिने मेचीनगरका स्थानिय नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टी उपल्लो कमिटी भित्रको बहस भनिएको यो अन्तर कलहका बारेमा आजै मेचीनगर नगर कमिटीले एक बिज्ञप्ति जारी गर्दै धेर्य रहन र यो विषयमा कुनै आफुखशी प्रतिकृया नदिन कार्यकर्तालाई अपिल गरेको केही समय नबित्दै ओलीको समर्थनमा युवा बिध्यार्थीका नाममा काँकरभिट्टा बर्सपार्कमा ओली समर्थक पार्टीका कार्यकर्ताहरुले ओलीको समर्थनमा प्रदर्शन गरेका थिए ।

 

(Visited 229 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु