स्थानियको सहमती विना मेचीनगरले सुरु गर्यो डम्पिङ साईड


मेचीनगर । मेचीनगर नगरपालिकाले स्थानिय कृषकहरुले भोक जोत गर्दै आएको जमिन हडपेर बिना जानकारी नै फोहोर व्यवस्थापन गर्न भन्दै डम्पिङ साईड बनाउन थाले पछि सरोकारवाला किसानहरुले त्यसको बिरोध गरेका छन् । नगरपालिकाले आफुहरुलाई अपहेलना गरेको गर्दै किसानहरुले सो कार्यको बिरोधका लागि संगर्ष समिति नै खडा गरेर अगाडी बढेका छन् ।

बर्षौ देखि भोक जोत गर्दै आएको जमिन बिना सूचना नगरपालिकाकले आफ्नो स्वार्थका लागि नागरिकको स्वास्थयको कुनै मतलब नराखी पर्यावरणमा प्रत्यक्ष असर पुग्ने गरी डम्पिङ साईड बनाएको संगर्ष समितिको संयोजक समेत रहेका निर्माणधिन क्षेत्रमा बिगत ४० बर्षदेखि भोक जोत गर्दै आएका किसान दिपक उप्रेतीले हाम्रो खबरपाटीलाई बताए ।

मेचीनगर–७ स्थित भान्सा खोला पूर्व दक्षिण भेग मेची खोला सिमाना नजिक नगरपालिकाले बिस लाखको बजेटमा बद्रि प्रसाद उप्रेतीको अध्यक्षतामा फोहोर ब्यवस्थापन गर्न डम्पिङ साईड निर्माण गरिरहेको छ । नगरपालिकाले आफुहरुलाई थाहै नदिइ बिना जानकारी प्रत्यक्ष असर पर्ने गरी निर्माण कार्य अगाडी बढाउनुमा स्वार्थ लुकेको स्थानिय किसानहरुको भनाई छ ।

बर्षौ देखि सो क्षेत्रमा भोक जोत गर्दै आएका किसानहरु दिपक उप्रेती, चन्द्र कुमारी उप्रेती, टंक प्रसाद आचार्य र इन्दिलाल वादरको अ‍ैलनी जग्गामा नगरपालिकाकले बल मिचियाई गर्दै पारामा सो निर्माण कार्य अगाडी बढाएको पिडित किसानहरु बताउछन् ।

मेचीनगर संगै आसपासको क्षेत्रबाट पनि फोहोर मैला उठाएर सो क्षेत्रमा ल्याउदा दुर्गान्धीत भई नजिकै रहेको सुकुम्बासी गाँउ, सुगँुर फर्मलगायतलाई प्रत्यक्ष असर पुग्ने स्थानिय जनार्दन गौतमले बताए ।

निर्माणधिन डम्पिङ साईड क्षेत्र आसपासमा कैलाश श्रेष्ठ, पदमकुमार राई, सन्तकुमार राई, भरत राई, टंक प्रसाद खनाल, बलबहादुर भुजेल, धनबहादुर भुजेल, हरि कार्की, पर्मिला ढकाल, धनकुमार राई, मनकुमार राई, सावित्रि प्रधानलगायतको जग्गा रहेको छ ।

मेचीनगर प्रमुख विमल आचार्य संग सो बिषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

(Visited 71 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु